प्राय: हामी पेन्सिलको प्रयोग लेख्नका लागी गर्छौ। हामीमध्ये धेरै कमलाई मात्र थाहा होला कि पेन्सिलले शरिरको दुखाईमा पनि राहत पुर्याउछ। पेन्सिलको प्रयोगबाट पनि शरिरको दुखाईको उपचार गर्न सकिन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।
पेन्सिलको प्रयोगले पनि शरिरको दुखाई कम गर्न सकिन्छ । मानिसको शरिरको दुखाई तथा तनाव कम गर्नका लागि गरिने पेन्सिलको थेरापीले औलामा भने केही दुखाई महसुस हुन सक्छ तर शरिरको दुखाई र तनाव भने कम हुन्छ ।
पेन्सिल थेरापीले मानिसको शरिरको दुखाई कम हुनुका साथै शरिरमा नयाँ उर्जाको सञ्चार हुन्छ । यसले विभिन्न रोगमा समेत फाइदा पुर्याउँछ । पेन्सिल थेरापी गर्दा औला भने निकै दुख्छ ।
कसरी गर्ने पेन्सिल थेरापी ?
बेलनाकार पेन्सिललाई हात र खुट्टाको औलाको कापोमा केही दवाव दिएर घुमाउने । पेन्सिललाई औलाको चार दिशामा र चार कुनामा घुमाउने । नङमा भने पेन्सिल प्रयोग गर्नु हुँदैन । नङमा बाहेक सबै औलाहरूमा पेन्सिल घुमाउने ।
कति बेला गर्ने ?
पेन्सिल थेरापी खाना खाएको एक घण्टा अघि या साढे दुई घन्टा पछि मात्र गर्नुपर्ने हुन्छ । नुहाउनुभन्दा एक घण्टा अगाडि या एक घण्टा पछाडी मात्र गर्ने । यदि औलामा कुनै घाउ छ छ भने पेन्सिल थेरापी गर्नु उचित हुँदैन।











