Ad #144479

तपाईँले पक्कैपनि महसुस गरेको हुनुपर्दछ कुनै न कुनै बेला हाम्रो खुट्टा निदाउँने वा झम झमाउने गर्ने गर्दछ । प्राय खुट्टा एकैठाँउमा नचलाईकन बस्दा वा खुट्टा खुम्च्याएर बस्दा निदाउने गरेको पाइन्छ ।

स्पर्श अनुभव गर्न नसक्ने, खुट्टा भारी भएजस्तो हुने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा कुनै पनि प्रकारको दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

खुट्टामा दवाव पर्न जाँदा रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ । जस्ले गर्दा प्रशस्त रगत र त्यसको साथमा अक्सिजन प्रर्याप्त पुग्न पाउँदैन। यसले गर्दा खुट्टामा रहेका स्नायुहरु केही समयको लागि निष्क्रिय हुन्छन् र बाह्य सन्देश मस्तिस्कसम्म पुग्न सक्दैन् । यसले गर्दा हाम्रो खुट्टा झम झम गर्ने, स्पर्श अनुभव गर्न नसकिने र खुट्टा भारी भएको महशुस हुने गर्दछ ।

जव खुट्टामा दवाव हट्छ, खुट्टा चलाइन्छ अथवा खुट्टा मालिस गरिन्छ त्यसपछि रक्तसञ्चार पुन नियमित भई खुट्टा निदाउने समस्या हट्ने छ।