आज भोली बढी मात्रामा मान्छेहरु आफूलाई राम्रो बनाउँनका लागि विभिन्न विधिहरु अपनाउने गर्दछन् । जसमा अनुहारमा वाक्स गर्ने पनि एउटा प्रविधि हो । अनुहारमा अनावश्यक रौँबाट छुटकरा पाउनका लागि र चिल्लो अनि मुलायम बनाउनका लागि युवतीका साथै पुरुषहरुले पनि अनुहारमा वाक्सको प्रयोग गर्न थालेका छन् ।
यसरी विभिन्न फेसियल वाक्सबाट अनुहार सफा हुनुका साथै रौँ पनि हट्छ तर यसको प्रयोगले अनुहारको छालामा असर पर्छ । जब रौँ हटाउनका लागि अनुहारका छालाबाट वाक्सिङ स्ट्रिप तानिन्छ तब हाम्रो छाला असाध्यै दुख्छ । जसबाट छालामा असर पर्न जान्छ अनि हामीलाई विभिन्न खटिराहरु देखिन सक्छन् ।
यसरी हाम्रो छालामा विभिन्न समस्याहरु देखिन थाल्यो भने यस्तो अवस्थामा यस्तो समस्याहरुले गम्भिर रुप लिने गर्दछ। तसर्थ यसको छिट्टै उपचार गर्नु पर्दछ । वाक्स गर्दा छालालाई तान्छ, जसको कारण छाला खुकुलो हुन जान्छ । यसले छालाको छिद्रालाई बन्द गरिदिन्छ र कहिलेकाँँही डण्डीफोर आउन सक्छ । त्यसैले सक्दासम्म अनुहारमा वाक्स नगर्नु नै सबैभन्दा राम्रो उपाय हो ।











