Ad #144479

चुरोट, बिंडी, सुर्ती जस्ता पदार्थहरु पिउनु स्वाथ्यका लागि हानिकारक हुन्छ । यसको लतले मानिसको शरीरलाई मात्र नभएर विभिन्न अङ्गमा पनि गम्भीर असर पुर्याउँछ । धुम्रपानले गर्दा ओठ तथा दाँतहरुको रंग पनि परिवर्तन गराउँछ ।

चुकन्दर :
यसले शरीरमा रगतको मात्र बढाउँछ । छालालाई पनि चम्किलो बनाउँछ, साथै यसले ओठलाई पनि गुलाबी बनाउँछ । धुम्रपानको कारणले गर्दा ओठ कालो भएमा चुकन्दरको टुक्रा लिने र त्यसमा प्रेट्रोलियम जेली लगाएर ओठमा लगाउने गर्दा ओठ गुलाबी बन्दै जान्छ ।

कागती :
कागती शरीरको सफाईका लागि अत्यन्तै उपयोगी मानिन्छ । यसले छालालाई सेतो पनि बनाउँछ । कागतीको सानो टुक्रा लिएर ओटमा लगाउने गर्दा ओट सफा हुन्छ । एक चम्चा चिनिमा दुई थोपा कागतीको रस मिसाउने र ओठमा लगाउँदा पनि ओठको समस्या समाधान हुन्छ ।

बेुसार र दुध :
थोरै दुध र बेसारलाई मिसाएर ओठमा लगाउने अनि केही समयसम्म छोडेर त्यसपछि चिसो पानीले पखाल्ने गर्नुहोस् । यसो गर्नले ओठ सफा हुँदै जान्छ ।