Ad #144479

आफुले कसैलाई माया गरेको छौँ भने हामी उसले पनि माया गरोस् भन्रे चाहन्छौं । तर अरु कसैले आफूलाई माया गरिरहेको छ छैन कसरी थाहा पाउने त । हेर्नुहोस् यसका केही संकेतहरु।

जब कसैले तपाईलाई पक्कै पनि माया गर्छ भने त्यसका केही संकेतहरु पनि देखिन्छ । यस्ता संकेतका आधारमा हामीले थाहा हुन्छ कि, उसले तपाईलाई कति माया गरिरहेको छ भन्रे कुरा । जसले हामीलाई मन पराउँछ उनीहरु उनीहरु हाम्रो नजिक हुन खोज्छन् ।

जब कसैसंग भावनात्मक सम्बन्ध गहिरो हुँदै जान्छ, शारीरिक रुपमा पनि नजिक हुन खोज्छन् । उनीहरु एकअर्कालाई भेट्नका लागि अनेक बाहाना खोज्ने गर्दछन्। यसरी बाहाना बनाएर भेट्ने गर्दा उसले आफूलाई माया गरिरहेको छ भन्ने बुझेका हुन्छन् ।

यदि कसैलेआफूलाई पनि मन पराउँछ भने, उनीहरु तपाइँको सम्पर्कमा रहन खोज्छन् । आज भोलीको समयमा त मोवाइल फोन, फेसबुक, जस्ता विभिन्न माध्यमहरु छन्, जसले सम्पर्क स्थापना गर्न सहज बनाइदिएको छ ।

यदि कसैले आफ्नो बारेमा निजी चासो राख्छ, सामान्य कुराहरु पनि सेयर गर्छ, दु:ख सुखका कुराहरु बाड्फाट गरिन्छ भने, बुझ्नुहोस् कि आफूलाई कसैले मन पराउँछ । जसले गर्दा तपाईको मनमा कुनै व्यक्तिप्रति प्रेम जाग्न थाल्छ ।

जब कसैले तपाइँलाई चाहन्छ भने उसले तपाइँको मन जित्ने अनेक उपायहरु खोजीरहन्छन् । सानोतिनो कुरामा पनि सहयोग गर्न अग्रसर हुन्छन् । उनीहरु यो देखाउन चाहन्छ कि तपाईको लागि उसलाई कति धेरै चिन्ता छ ।

तपाईं कसैको प्रेममा हुनुहुन्छ भने, तपाईको प्रेममा परेको व्यक्तिले सँधै तपाईको ओठमा हाँसो देख्न चाहन्छ । उसको हरेक कुरामा तपाइँ खुशी भएर हाँसी दिनुभयो भने उसलाई ठूलो खुशी मिल्छ । कहिलेकाहीँ तपाइँलाई हँसाउने क्रममा जोक तथा बेअर्थी कुराहरु पनि गर्ने गर्छन्।

यदि तपाइँ उसको सानो सानो कुरामा पनि मुस्कुराइदिनु भयोे भने , उसलाई त्यो भन्दा ठूलो खुशी अरु केही हुँदैन । यसरी नै तपाईंसँग प्रेममा परे पछि रुचीहरु पनि बदलिन्छन् । तपाईंलाई मन पर्ने गीत, फिल्म, किताब आति हरेक चिजहरु उसलाई पनि मन पर्न थाल्छ ।