मोबाइलबाट निस्किने प्रकाशले अनुहार कसरी रुखो बनाउँछ ? हेर्नुहोस्

आजको समयमा मानिसहरुले मोबाइल, ल्यापटप, कम्प्युटर आदी व्यापक रुपमा प्रयोग गर्दै आएका छन् । यस्ता उपकरणको प्रभाव खासगरी अनुहारमा हुन्छ । त्यसैले मोबाइल, ल्यापटप, ट्याब्लेट जस्ता उपकरणले आँखाको दृष्टि कमजोर बनाइरहेको तथ्य बाहिर आउने गरेका छन् । यस्ता उपकरणबाट निस्कने प्रकाशले अनुहारको छालालाई नराम्रो असर पार्दछ ।

जर्नल अफ इन्भेस्टिगेटिभ डर्माटोलोजिस्टमा प्रकाशित एउटा रिपोर्टका अनुसार हाम्रो छाला सधैं सुर्यको हानिकारक किरणहरुको सम्पर्कमा आउँदैन, तर यसको ठिक विपरित हाम्रो वरपर भएका विद्युतीय उपकरणहरुबाट निस्किएका ब्लू लाइट रेडिएसनको सम्पर्कमा नियमित रहन्छौं । लामो समयसम्म नीलो प्रकाशमा रहनाले छालाको रङमा नकारात्मक प्रभाव पर्छ अर्थात् छालामा खराबी आउँछ, छाला खस्रो हुन थाल्छ र उमेरभन्दा अघि नै बुढ्यौलीका लक्षणहरु देखा पर्न थाल्छ ।

अनुहारको सौन्दर्यमा क्षति
सुन्दर हुनु अथवा राम्रो देखिनु हरेक व्यक्तिको चाहना हुन्छ । सबैलाई आफू सुन्दर देखियोस् झैं लाग्छ । अझ महिलाहरु त यो प्रसंगमा पुरुषहरुभन्दा एक कदम अगाडि नै हुन्छन् । उनीहरु हरेक परिस्थितीहरुमा आफूलाई सुन्दर नै देखियोस् भन्ने चाहन्छन् । त्यसका लागि धेरै प्रकारका मेक अपका सामानहरु समेत गरिरहेका हुन्छन् । जसले गर्दा सुन्दरता बढ्नुका साटो झन् घटिरहेको हुन्छ ।

आजको अत्याधुनिक युगमा हरेक व्यक्ति त्यस्ता धेरै वटा वस्तुहरुको सम्पर्कमा आउन बाध्य भएका छन् । जसबाट नीलो रंगको प्रकाश निस्कन्छ, जस्तो एलईडी, सीएफएल, ट्याब्लेट, टेलिभिजन तथा कम्प्युटर । विद्युतीय उपकरणहरु अर्थात मोबाइल, ल्यापटप आदिको हरेक दिन अत्याधिक प्रयोग भैरहेको छ ।

त्यसबाट निस्कने प्रकाशले तपाईको सुन्दरतालाई कम गराइरहेको छ । चिकित्सकहरुका अनुसार विद्युतीय उपकरणबाट निस्कने प्रकाश सूर्यबाट निस्कने किरणहरु भन्दा पनि बढी हानिकारक हुन्छ । विद्युतीय उपकरणबाट निस्कने प्रकाशले छालामा चाउरीपना तथा हाइपर टेन्टनको समस्या निम्त्याउँछ ।

यसबाट कसरी सुरक्षित रहन
सक्दोसम्म मोबाइल हेर्दा ब्राइटनेस कम गर्ने । बत्ती बालेर मात्रै मोबाइल तथा ल्यापटपमा काम गर्न, फोन सेटिङमा नीलो प्रकाशलाई घटाउने । सुत्नु भन्दा करिब दुई घण्टा पहिला नै सबै विद्युतीय उपकरणबाट टाढा रहनुपर्दछ । सँधै मोबाइल चलाइरहने बानी परिवर्तन गर्न । कोठामा सुत्नेबेला रातो रंगको प्रकाश भएको बत्तीको प्रयोग गर्नुपर्दछ। लामो समयसम्म ल्यापटपमा काम गर्नु परेमा अधिकतम २० मिनेटपछि ल्यापटपबाट केही समयका लागि ध्यान हटाउनु पर्दछ ।

[sidebar name="button post"]