धेरै मान्छेहरुले आफ्नो विवाहसँग सम्बन्धित धेरै सपनामा हराइरहेका हुन्छन् । उनीहरु विवाहसँग सम्बन्धित एउटा छुट्टै सोच र सपनामा केन्द्रित पनि हुने गर्दछन् । पछिल्लो समयमा विवाह नगर्ने सोच बनाउने महिलाहरुको संख्या पनि बढ्दै गएको देखिन्छ । अहिले केटीहरुको सोचमा पनि धेरै परिवर्तन हुन थालिसकेको छ । जसको धेरै कारणहरु छन् ।
भविस्यको लागि
विवाह पछि महिलाहरुले अध्ययनलाई निरन्तरता दिन पाउँदैनन् । विवाह पछि उनीहरुले आफ्नो घरको काम, कार्यालय दुवैलाई सँगै व्यवस्थापन गर्नुपर्ने हुन्छ । यस्ता दुबैतिर काम गर्दा पनि श्रीमान् र परिवार कहिल्यै खुसी हुँदैनन् । त्यसले गर्दा भविस्यमा समस्या सिर्जना हुने गर्छ । जसले गर्दा अविवाहित जीवन नै उनीहरुको रोजाइमा पर्ने गर्छ ।
हरेक कुरामा अवरोध हुने
आजको समयमा सबै महिलाहरु स्वतन्त्र भएर जीवन बिताउन मन पराउँछन् । उनीहरुलाई आफूले चाहेको कुनै कुराहरुमा कसैले रोक्दा मन पराउँदैनन् । विवाह पछि उनिहरुको सबै समय परिवारको ध्यानमा सकिन्छ। आफ्नू लागि कुनै समय निकाल्न पाउदैनन् त्यसैले महिलाहरु अविवाहित नै रहन मन पराउँछन् ।
धेरै कुराहरु त्याग्नु पर्ने भएकाले
हाम्रो समाजमा अझै पनि यस्ता कुराहरु हटेको छैन् । केटा र केटीमा भेदवाभ गर्ने । छोरी मान्छेलाई विवाह पछि एउटा बन्धनमा राखेर आफूले चाहिएका र आफ्नो रोजाइका धेरै कुराहरु त्याग्नु पर्ने हुन्छन् । विवाह पछि उनीहरुले आफ्नो थरदेखि आफूलाई मन लागेका पोषाकसम्मका हरेक कुराहरुलाई त्याग गर्नुपर्ने हुन्छ । यस्ता कुराहरु धेरै महिलाहरुलाई मन पदैन् । पहिला स्वतन्त्रता भएर खुसी विवाहपछि कम हुने भएकोले पनि उनीहरु विवाहबाट टाढा हुने खोज्छन् ।
मनपर्ने कपडा लगाउन नपाइने भएकोले
प्रत्येक केटीहरुले आफूलाई मनपर्ने लुगा लगाउन चाहन्छन् । तर विवाह भएपछि नेपाली समाजमा महिलालाई मन लागेका कपडा लगाउन छुट हुँदैन । जब कसैले उनीहरुलाई त्यस्तो कपडा लगाउनबाट रोक्छ, उसलाई त्यस्तो कुराहरु पटक्कै मन पराउँदैनन् । विवाहपछि यो सबमा उनीहरुलाई रोकावट हुने भएकाले उनीहरु स्वतन्त्र भएर आफूले मन लागेको कपडाहरु लगाउन रुचाउँछन् ।
गोपनीयता राख्न नपाउने
गोपनीयता मानव जीवनमा हुनै पर्न एउटा महत्वपुर्ण गुण हो । तर विवाह पछि केटीहरुले आफ्नो गोपनीयता त्याग्नु पर्न हुन्छ । केटा मात्र होइन तर केटीहरुलाई पनि विवाह पछि गोपनीयताको अधिकार छ । तर हरेक कुराहरु श्रीमानलाई जानकारी गराउनुपर्ने नियम धेरैलाई झन्झटिलो लाग्न सक्छ ।
साथीहरुलाई बिर्सनुपर्ने
विवाह पछि नचाहेर पनि महिलाहरुले आफ्नो बाल्यकालदेखिका साथीहरुलाई बिर्सन पर्ने हुन्छ। साथीहरुसँग जान सहज हुँदैन, उनीहरुसँग भेटेर कुनै दु:ख, सुखको अनुभव बाँड्न पनि विवाह पछि गाह्रो हुन्छ । यसरी साथीहरुसँग भेटेर कुनाकानी गर्दा घरकाले नराम्रो भन्ने हुनाले पनि महिलाहरु अविवाति रहन मन परान्छन् ।










