भान्सामा खेर जाने खानेकुराहरुको उचित व्यवस्थापन कसरी गर्ने ?

सहरी बिकास मन्त्रालयका अनुसार फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले केही बर्ष अघि निकालेको तथ्यांकले सहरी क्षेत्रको भान्साबाट औसत बाषिर्क पाँच लाख १२ टन खाधान्न नष्ट भइरहेको छ ।

हाम्रो दैनिक रुपमा भान्साबाट धेरै खानेकुराहरु खेर गइरहेको हुन्छ । सागसब्जी, फलफूल, बे्रड, रोटी कुहिएर नष्ट हुन्छ । हुन त यसलाई हामीले फ्रिजमा राखेर वा राम्ररी भण्डारण गरेर लामो समय टिकाउने प्रयास गर्छौं । तरपनि दिनहुँ भान्साबाट यस्ता खानेकुराहरु फोहोरको रुपमा फाल्नु पर्ने हुन्छ ।

कसरी जोगाउने ?

हामीले जुनसुकै खानेकुरा खरिद गर्दा आफूलाई जति आवश्यक पर्छ त्यतिनै खरिद गर्दा राम्रो हुन्छ । अनावश्यक खानेकुरा खरिद गरेर त्यसलाई नष्ट गर्दा त्यसले परिवारिक व्यायभार बढ्दै जान्छ ।

निश्चित अनुमान गरेर मात्र खानाको तयार गरौं । धेरै खानेकुराहरु पकाउने वा त्यसलाई राखेर बासी खाने प्रवृति राम्रो होइन । प्राय जसो मानिसहरुले एकै चोटीमा धेरै खानेकुराहरुको खरिद गरेर र आवश्यकता भन्दा बढी खानेकुरा पकाउँछन् र पछि डस्बिनमा मिल्काउँछन् । यसले आफुलाई मात्र नभइ समग्र समाज र राष्ट्रलाई पनि प्रत्यक्ष रुपमा असर पुग्छ ।

यसरी नै हामीले पकाइसकेको खानेकुरा वा भण्डारण गरेको खानेकुराहरुलाई नष्ट हुन अघि नै त्यसलाई पुन प्रयोगमा ल्याउन सकिन्छ ।

१ः सकेसम्म आवश्यक्ता भन्दा बढी खाद्यान्न खरिद नगर्ने ।
२ः बासी खाना नराख्ने, सिमित खाद्यान्न खरिद गरि ताजा सेवन गर्न ।
३ः कुहिएका खानेकुराहरु करेसा बारी वा बगैंचा छेउछेउमा राखेर जैविक मल बनाउने ।
४ः बासी खानेकुराहरु वा कुहिन लागेका खानेकुराहरुलाई सडकको गाईवस्तु, कुकुर वा चराचरुङ्गीहरुलाई दिन पनि सकिन्छ ।
५ः बिग्रन लागेका वा बासी खानाहरुलाई बैकल्पिक विधिबाट तयार गरेर सेवन गर्न सकिन्छ ।

फलफूल नष्ट हुन नदिन के गर्नु हुन्छ ?

धेरै जसो मानिसहरुले एकै चोटी धेरै फलफूलहरु किनेर राख्छन् । पछि सेवन नगर्दा ति फलहरु कुहिएर वा सुकेर जान्छ । वास्तावमा फल भण्डारण गरेर वा बासी राखेर खानु त्यती लाभदायक हुँदैन, ताजा फल सेवन गर्दा राम्रो हुन्छ । त्युुसैले त्यतिनै फलफूल वा खानेकुराहरु खरिद गर्नुहोस्, जति तपाईंले सेवन गर्नुहुन्छ ।

गोलभेडालाई कसरी बचाउने गनु भएको छ ?

गोलभेडा भान्सामा दिनहुँ प्रयोग हुन्छ । त्यसैले कति गृहणीले हप्तादिन पुग्नेगरी प्याज, गोलभेडा खरिद गर्छन । प्याज त भण्डारण गर्न सकिन्छ तर गोलभेडा क्रमस खराब हुँदै जान्छ । त्यसैले बिग्रन नदिन यसलाई सुप, अचार बनाउन सकिन्छ ।

सागसब्जीलाई कसरी जोगाउने ?

सागसब्जी पनि प्रायजोसो मानिसहरुले एकै चोटी धेरै किन्ने गरिन्छ । तर यस्ता सब्जीहरु दिनहुँ कुहिएर, सुकेर नष्ट भइरहेको हुन्छ । सब्जीहरु एकै चोटी धेरै खरिद गर्नु भन्दा ताजा खरिद गरी पकाउन उचित हुन्छ । जसले गर्दा मानव शरिरमा असर पनि पर्दैन । सागसब्जीहरु बिग्रन नदीई यसलाई घाममा सुकाएर गुन्द्रक बनाउन पनि सकिन्छ ।

[sidebar name="button post"]