कुनै चोटपटक वा जलेको घाउ निको भएपछि, एक किसिमको दाग वा खत छालामा बस्ने गर्दछ । घाउ पुरिएपछि वा निको भएपछि यस किसिमको दाग वा खत देखिन्छ । यस्ता दाग वा खत कसरी हटाउन सकिन्छ ।
यदि घाउको खत वा दागको समयमै उपचार भएन भने यो पलाएर छालाको सतह भन्दा माथि उठेर ठुलो खत वा दाग बन्न सक्छ । घाउ निको हुने क्रममा नयाँ पलाउँदै जाँदा तन्तुको बाक्लो तह वृद्वि भई खत वा दाग छालाको सतह भन्दा माथि उठ्न थाल्दछ ।
घाउ निको भएपछि बसेको खत हटाउन चाहनु हुन्छ ? यसो गर्नुहोस्
निको भएको घाउमा बास्ना नआउने साबुनले राम्ररी सफा गर्ने ।
घाउको खत वा दागलाई घाम र तातोबाट बचाउने ।
छालालाई पूर्ण रुपमा सुख्खा राख्ने त्यहाँ ओसिलो हुन नदिने ।
घाउ पुरिन थालेपछि दैनिक ३/४ पटक नरिवल तेल लगाएर मालिस गर्ने/फैलाउने ।
निको हुँदै गएपछि घाउको भागलाई सेतो हुने गरी प्रसस्त दवाब दिएर तेल लगाउने ।
खत उठेको देखिएमा प्रेसर ब्यान्डेजको प्रयोग गर्ने ।
आँखा वरपर खत भएको छ भने क्रिम या तेल निरन्तर लगाउने तर आँखामा पर्न नदिने ।











