धोकादिने साथी कसरी थाहा पाउने ?

मानिसले मानिसलाई संकटमा पार्न सक्छन् । पैसाको लागि गलत काम गर्न पनि उनीहरुलाई हिच्किचाउँदैनन् । आफ्नो पार्टनर पनि यस्तै छन् भने पहिले ध्यानपूर्वक विचार गरेर मात्रै संगत गर्नु पर्छ ।

अक्सर प्रेमी वा पार्टनरले तपाईं शारीरिक सुन्दरताको प्रशंसा गर्छन्, भेट्नको लागि उनीहरु एकान्त स्थल रोज्छन् भने पनि तपाईले विचार गर्नुपर्छ ।

तपाईंलाई हात लगाउँछन्, चुम्बन गर्न वा स्पर्श गर्न खोज्छन् । तपाईंलाई खुला पहिरन उपहार दिन्छन् र त्यो पहिरिन भन्छन् भने सावधान हुनुहोस् ।

त्यस्तै फोनमा, च्याटमा यौनजन्य म्यासेजहरु पठाउँछन् भने सावधान हुनुहोस् । यस्ता मानिसहरुले तपाईंसँग शारीरिक सुख हासिल गरेर तपाईलाई छोडिदिन पनि सक्छन् । त्यसैले सम्हालिएर उसका यस्ता हर्कतहरु माथि नजर राख्नुहोस् ।

लामो समयको सम्बन्धपछि पनि यदि उनले कुराहरु लुकाउँछन्, केहि कुरा टार्छन्, साथीहरु वा परिवारसँग भेट गराउँदैनन्, मोबाईल फोन छुन पनि दिँदैनन् भने सावधान हुनुहोस् ।

तपाईंलाई समय दिएर पनि उनी निर्धारित स्थलमा आउन भुल्छन्, सार्वजनिक स्थानमा तपाईंको बेइज्जत गरिदिन्छन वा तपाईंलाई भन्दा धेरै आफ्नो भावनाहरुको धेरै ध्यान दिन्छन् भने पनि सावधान हुनुहोस् ।

दोहोरो चरित्र र छलको कारण कुनै पनि सम्बन्धमा फाटो आउन सकछ । तपाईंको अगाडि राम्रो र पिँठ्यु पछाडि नराम्रो भन्ने मानिस तपाईको कसरी बन्न सक्छन् । तपाईंको पार्टनर पनि यदि यस्तो गर्छन् भने पक्कै पनि उनी यो सम्बन्धलाई लिएर गम्भिर छैनन् ।

त्यसैले उनका साथीहरुबाट उनीहरुको बारेमा प्रतिक्रिया लिनुहोस् । यदि उनी तपाईंको अगाडि सकरात्मक र पिठ्युँ पछाडि नकरात्मक छन् भने उसलाई खतराको घण्टी सम्झिनुहोस् ।

बिनाकारण ससाना कुरामा झुटो बोल्छन् भने यो केही त गडबड छ भन्ने कुराको संकेत हो । तपाईंबाट उनको ध्यान हट्नु, तपाईंलाई बेवास्ता गर्नु, पहिले जस्तो रुची नलिनुले उनको जीवनमा अरुकै उपस्थिती भएको हुनसक्ने सकेत दिन्छ ।

[sidebar name="button post"]