थाहा पाइराख्नुहोस कस्तो खानपानले निन्द्रा लाग्दैन

पर्याप्त निद्रा स्वस्थ जीवनका लागि निकै आवश्यक हुन्छ । स्वस्थ रहन पर्याप्त निद्रा, शारीरिक व्यायाम र स्वस्थ खानपानमा ध्यान दिन चिकित्सकहरूको सुझाब छ ।

खानाले पनि निद्रा बिगार्ने हुँदा ख्याल गर्नु पर्छ। तारेका वा भुटेका खानेकुराको अत्यधिक प्रयोग मोटोपनसँग जोडेर हेरिन्छ । जस्तै– आलु चिप्समा हुने रसायनले पाचनमा असर गर्ने हँुदा निद्रामा असर गर्छ ।

अबेर रातसम्म काम गनुपर्ने बाध्यता भएका व्यक्तिले निद्रा नलागोस् भनेर डार्क चक्लेट खाने गर्छन् । निश्चित मात्रामा डार्क चक्लेट स्वास्थ्यका दृष्टिकोणले राम्रै मानिन्छ, तर निद्रामा भने असर गरिरहेको हुन्छ । डार्क चक्लेटमा क्याफिनको मात्रा पाइन्छ ।

दैनिक रूपमा क्याफिनयुक्त खाद्यपदार्थको प्रयोगले निद्रा नै नलाग्ने समस्या आउन सक्छ । कतिपयले निद्रा कम गर्न क्याफिन प्रयोगमा ल्याउँछन । क्याफिनको मुख्य स्रोत कफी हो, सामान्यतया अनिन्द्राको समस्या भएका व्यक्तिहरूले क्याफिनको प्रयोग सकेसम्म कम गर्नुपर्छ ।

कतिपयमा साँझ वा रातको समयमा अल्कोहल सेवन गर्ने बानी हुन्छ । तर, बेलुकाको समयमा गरिने अल्कोहल प्रयोगले निद्रामा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । अल्कोहलले चाँडो निद्रा परे पनि स्वस्थ निद्रा पर्दैन । जसको असर शरीरमा परिरहेको हुन्छ ।

निद्राका लागि सकेसम्म बेलुकाको खानामा मसालायुक्त खाद्यपदार्थ प्रयोग गर्नु हँुदैन । एसिडको मात्राले पाचनमा पनि समस्या ल्याउने हुँदा बेलुका मसालायुक्त खाना कम प्रयोगमा ल्याउनुपर्छ ।

निद्रामा प्रभाव पार्ने खानेकुरा सम्झिदा चिज सामान्यतया दिमागमा आउँदैन । तर, परमेसन र रोमानोजस्ता केही चिजमा टायरोमाइन नामक एमिनो एसिड हुन्छ । जसले मस्तिष्कमा सीधा असर गर्छ ।

[sidebar name="button post"]