नेपाली बजारमा जुनसुकै महिनामा पनि स्याउ सहजै पाउन सकिन्छ । स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई कतिपय मानिस बोक्रा निकालेर खाने गर्दछन् ।
स्याउलाई ब्रोकासहित खानाले यसमा भएका सम्पूर्ण तत्व शरीरले पाउनुको साथै कैयौं प्रकारका रोगबाट समेत बचाउँछ ।
स्याउलाई बोक्रासहित खादाँका यस्ता छन् फाइदा :
क्यान्सर : स्याउ बोक्रासहित खानाले फाइबर, क्याल्सियम, एन्टिअक्सिडेन्ट, प्लेबिनाइड, फाइटोकेमिकल्स पाइन्छ । जसले मोटोपना घटाउनुका साथै कलेजो, स्तन र आन्द्राको क्यान्सरबाट बचाउँछ ।
मोति विन्दु : स्याउ बोक्रासहित सेवन गर्नाले आँखामा हुने मोति विन्दुको समस्याबाट बच्न सकिन्छ । साथै आँखासम्बन्धि अन्य रोग पनि लाग्ने संभावना कम हुन्छ ।
ब्लड सुगर : मधुमेहका विरामीका लागि पनि बोक्रासहितको स्याउको सेवन फाइदाजनक मानिन्छ । यसले सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।
पित्त थैलीको पत्थरी : बोक्रासहितको फाइबरयुक्त स्याउको सेवनले पित्त थैलीमा जमेर बसेको कोलेस्टेरोल बाहिर निकाल्न मद्दत गर्दछ । जसले पित्तथैलीमा पत्थरी हुन पाउँदैन ।
मष्तिकको कोष : बोक्रासहितको स्याउ सेवनले दिमाग तेजिलो हुनुका साथै मस्तिष्कको कोषिकालाई समेत स्वस्थ राख्न मद्दत पुर्याउँछ ।
दाँतको सडन : स्याउमा टुथ पेस्टको गुण हुने भएकाले यसले दाँतको पहेँलोपना हटाउन तथा दाँतलाई स्वस्थ राख्न उपयोगी मानिन्छ । यसलाई चपाएर खादाँ दाँतको जिद्दी दागबाट समेत छुटकारा पाउन सकिन्छ । साथै दातमा क्याभिटी हुनबाट बचाउँछ ।
हड्डी दह्रो बनाउन : स्याउमा एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै भरपूर मात्रामा क्याल्सियम पाइन्छ । जसले हड्डी मजबुत बनाउनुको साथै टुट्नबाट समेत बचाउँछ ।










