ज्योतिषशास्त्र अनुसार मानिसहरुको जन्मबारका आधारमा पनि भविष्यवाणी गर्ने गरेका छन्। ज्योतिषशास्त्रअनुसार शुक्रबार जन्मेका मानिसहरुको स्वभाव र गुण यस प्रकार रहेका छन् :
शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ।
यिनीहरु रचनात्मक खालका हुन्छन् । संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुमा आकर्षित हुने यिनीहरु मधुर स्वरमा बोल्ने गर्दछन् ।
शुक्रबार जन्मेका व्यक्ति निकै भावुक हुन्छन् जसका कारण कहिलेकाँही दुखी हुन्छन् ।
यिनीहरु आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै
सम्बन्धमा भारी पर्ने गर्दछ ।
यिनीहरुको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।
यिनीहरुमा धनको कमी हुँदैन तर त्यसलाई बचत गर्न सक्दैनन् ।
प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउने यिनीहरु मेहनती र संघर्ष गर्ने खालका
हुन्छन् ।
[sidebar name="button post"]








