Ad #144479

तपाई हामी सबैलाई थाहा छ । हामीहरूका लागी कलाको स्रोत बाजा, नाच, कागज र कलम, गित, संगितको माध्यम जस्तो लाग्छ। आम मानिसहरुका लागी कलाको स्रोत यिनहरू नै मात्र हो ।

तर, संयुक्त राज्य अमेरीकाको मिसौरी राज्य स्थित इन्डिपेण्डेन्समा एउटा अचम्मको संग्रहालय छ । जहाँका हरेक कलाकृतिहरू कपाल बाट बनेका छन्। यो संग्रालयको निर्माता एक अमेरीकी अवकास प्राप्त कपालड्रेसर लेइला को हुन । यस संग्रहालयमा जताततै मानवको कपालवाट बनेका गहनाहरू देख्न पाइन्छ।

यस संग्रहालयमा कपालबाटै बनेका नेकलेस, झुम्का देख्न पाइन्छ। यो कलाको सरूवात युरोपबाट सुरू भएको हो। यस संग्रहालयमा युरोपका १९औँ शताब्दिमा बनाइएका कपालको कलाकृतीहरू देख्न पाइन्छ। यहाँ कपालवाट बनेका २५ सय भन्दा बढी सामाग्रीहरू छन्। जसले यसलाई पहिलो पटक देख्छ उसलाई अविश्वास पनी लाग्न सक्छ।

दशकौं पहिले भिक्टोरियन कपाल कलाबाट मोहित भएकी थिइन, लैला कोहुनको भन्छिन् “मैले १९५६ मा एन्टिक कपालको गहना नदेखे सम्म त्यस्तो कुनै चीजको अस्तित्व हुँन्छ जस्तो मलाई लाग्दैनथ्यो,”। लेइला सम्झन्छिन् यहाँ मैले जीवनभर कपालको साथ काम गरें र मलाई यो प्रश्न छ कि कसरी विगतमा व्यक्तिहरूले यसलाई एक कला रूपमा विकास गरे होलान्।

लैला कोहुनले विश्वको केवल एक मात्र कपाल संग्रहालय स्थापना गरीनन्, हामीले फोहोर ठानेर फाल्ने गरेको कपालबाट पनी यती राम्रो कलाको निर्माण गर्न सकीन्छ भन्ने जानकारी जनमानसमा दिएकी छन्। शताब्दियौंदेखि मानिसहरूले कपाललाई सुन्दरताको प्रतिकको रूपमा लिए ।

वास्तवमै यो सुन्दा अचम्मको लाग्छ। हामीले फोहोर ठानी कपाल बास्केटमा फ्याँक्छौं एक पटक ध्यान पनी दिदैनौ। युरोपमा यो कलाको उत्पत्ति भयो र भिक्टोरियन युगमा यो कला उचाईमा पुग्न सफल भयो।

कपाल कला मुख्यतया एक महिलाको शैली थियो, उपलब्धि, भव्यता र सुन्दरताको संकेत। महिलाले गहना बनाउदा कपालको कठोर आकारमा वेणी, बुनाई, मोल्ड, र कपालको कपालका तारहरू बनाउछन्। हार, झुम्का र वाच चेनदेखि माला बनाइन्छ जुन पश्चिमेली अनगिन्ती पार्लरहरूको भित्तामा झुन्डिएका हुन्छन्, जुन देख्दा मानिसलाई सुन्दर श्रृंखला हेरेको जस्तो लाग्छ। एजेन्सी