मेकअपमा फाउन्डेशनको महत्वपूर्ण स्थान : यस्ताे छ, आर्टिस्टको सुझाव

मेकअप गर्दा फाउन्डेशन लगाउनै पर्छ भन्ने चै छैन त्यहिपनि मेकअपमा फाउन्डेशनको महत्वपूर्ण स्थान रहेको हुन्छ । अनुहारमा धेरै दागहरू नभएका र गोरो वर्ण भएकाले बीबी क्रिम लगाउँदा पनि अनुहार आकर्षक र सुन्दर देखिन्छ । सबैलाई आफ्नो अनुहारको लागि उपयुक्त फाउन्डेशनको बारेमा थाहा हुँदैन। त्यसैले यहाँ हामीले मेकअप आर्टिस्ट स्वस्तिका राजभण्डारीले दिएको टिप्स प्रस्तुत गरेका छौँ।

फाउन्डेसन कसरी छान्ने त ?

हामी सबैको छालाको रङ र प्रकार बेग्लाबेग्लै हुन्छ। त्यसैले फाउन्डेसन छनोट गर्दा छालाको रङ र प्रकार हेरेर छनोट गर्नुपर्दछ । हामी नेपालीहरूको हल्का कालो वर्णको हुने भएकाले ‘एल्लो टोन’को फाउन्डेसन म्याच हुन्छ । गोरा मानिसलाई पनि यहि फाउन्डेसन मिल्ने भएकाले पसलमा गएर फाउन्डेसनका तीनवटा सेड माग्नुहोस् ।

त्यसपछि तीनवटा बोतललाई आफ्नो अनुहारको साइडमा राखेर हेर्ने । जुन बोतलको फाउन्डेसन आफ्नो छालासँग मिल्छ जस्तो लाग्छ, ती बोतल मात्र छान्नुहोस् । त्यसपछि फाउन्डेसन औंलामा लिएर आफ्नो हातको पछाडिको भागमा कोर्दा जुन फाउन्डेसन हाम्रो छालामा राम्रोसँग मिल्छ र देखिँदैन त्यो नै हाम्रा लागि सबैभन्दा उपयुक्त हुन्छ ।