समयमा महिनावारी नहुँदा धेरैजसो महिलाहरुलाई अनेक गुनासो गर्दछन् । महिनावारी रोकिँदा आमबुझाई यो हुने गर्छ कि , कतै गर्भ त रहेन ? तर अविवाहित महिलाहरुलाई चै के सोच्ने त भन्ने समेत प्रश्न उठ्न सक्दछ। यसरी महिनावारी ढिला हुनुमा धेरै कारणहरु रहेका छन् जसमध्ये ९ वटा कारणहरु यस प्रकार छन् ।
१ दिनचर्यामा परिवर्तन
हामी सबै विभिन्न कार्यमा संलग्न भएका हुन्छौँ। यसरी आफ्नो दिनचर्यामा फेरबदल हुँदा पनि महिनाबारीमा असर देखिन्छ । हामीले दिनहुँ गर्ने क्रियाकलापहरुमा परिवर्तन आउनाले पनि महिनाबारीमा प्रतत्क्ष रुपमा असर गर्दछ।
२ तनाव
तनावले हाम्रो शरीरमा विभिन्न तरिकाबाट असर पुर्याउने गर्दछ जसमध्ये महिनाबारी पनि एक हो । तनावले जीएनआरएच नामक हर्मोनको मात्रा कम हुन जान्छ जसले गर्दा महिनाबारी हुँदैन । त्यसैले आफुलाई सधैँ खुशी राख्नुपर्छ र तनाव पनि लिनु हुँदैन।
३ मोटोपना
यदि तपाइँ मोटो हुनुहुन्छ भने , मोटोपनाका कारण पनि महिनाबारी अनियमित हुने गर्दछ ।
४ दुब्लोपना
दुब्लोपनाका कारण पनि महिनाबारी अनियमित हुन्छ ।
५ थायराइड
महिनाबारी अनियमित भयो भने कतै मलाई थायराइड त भएको छैन भनी सोच्नुपर्दछ र डाक्टरलाई सम्पर्क गर्नुपर्दछ । किनभने घाँटीमा हुने थायराइड ग्रन्थीले मेटाबाँलिज्मलाई नियन्त्रणमा राख्दछ जसकारण महिनाबारी अनियमित हुन्छ ।
६ बिरामी
जब तपाइँलाई अचानक ज्वरो , खोकी वा स्वास्थ्यमा अन्य कुनै समस्या देखियो भने त्यसको असर महिनाबारीमा पनि देखिन्छ । तर यस्तो किसिमको समस्या अस्थाई रुपमा मात्र देखिन्छ।
७ स्तनपान
स्तनपान गराइरहेका महिलाहरुको पनि महिनाबारी नहुने सम्भावना बढी हुन्छ ।
८ अस्थायी साधन पिल्स
अस्थायी साधन पिल्सको प्रयोग गरिरहेका महिलाहरुमा पनि पनि महिनाबारीमा गडबडी हुने देखिन्छ ।
९ प्रि मेनापोज
मेनापोज हुनुभन्दा अगाडि महिलाको शरीरमा आन्तरिक रुपमा धेरै परिवर्तन आउँछ जसका कारण महिनाबारी हुने समयभन्दा छिटो या ढिलो हुने गर्दछ।








