Ad #144479

 तपाई हामी सबैलाई थाहा छ, चक्कु सामान्यतया भान्सामा तरकारी, फलफुल र मासु काट्न प्रयोग गरिन्छ । तर अब भने मसाजका लागि चक्कुको प्रयोग गरिने भएको छ ।

तपाईलाई यो टिप्स पढ्दा रोचक लाग्न सक्छ तर यो सत्य हो । टिप्समा जनाइए अनुसार मसाजमा चक्कुको प्रयोग ताइवानको मसाज पार्लरमा गरएको छ । त्यहा चक्कु मसाजको लागि प्रयोग हुँदै आएको छ।

यस चक्कुबाट मसाज गर्ने बिधिलाई ‘डाउलियाओ’ भनिन्छ। जसको अर्थ ‘चक्कुबाट मसाज’ अर्थात् ‘नाइफ थेरापी’ भन्ने हुन्छ। यसको सुरुवात करिब दुई हजार वर्ष पहिले बौद्ध भिक्षुहरुले गरेका थिए ।

त्यस्तै करिब एक हजार वर्ष अघि तांग वंशको जापानमा पनि यो थेरापीको प्रयोग उल्लेखनिय मात्रामा हुन्थ्यो। सन् १९४० को दशकमा चीनको गृहयुद्धको क्रममा चक्कुबाट गरिने मसाजको यो परम्परा ताइवान पुगेको थियो । तर अहिले भने जापान र चीनमा यस्तो मसाज करिब लोप भइसकेको छ ।

ताइवानमा भने अझै यस थेरापी निकै लोकप्रिय छ । ताइवानको राजधानी ताइपेइमा यो थेरापी सिकाउन एक एजुकेसन सेन्टर खोलिएको छ । यसको नाम हो ‘द एनशिएन्ट आर्ट अफ नाइफ’ मसाज डाओलियाओ आई–जिङ एजुकेसन सेन्टर ू। ताइवानमा यो एजुकेसन सेक्टरको ३६ ओटा शाखा छ । फ्रान्स, क्यानडा, हङकङ र जापानबाट पनि मानिसहरु यो थेरापी सिक्न ताइवान आउने गर्दछन् ।

चक्कुबाट गरिने मसाजका फाइदा

सकारात्मक उर्जा उत्पन्न हुने

घाउ निको पार्ने

निन्द्रा राम्रोसंग लगाउने

शरीरको दुखाई कम गर्ने