Ad #144479

हिन्दु धर्म ग्रन्थका अनुसार मानिसको जन्म समय, तिथि, बार, स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइएको छ। यसकारण मानिसहरुको जन्म बारअनुसार उसको भविष्य र आचरण पत्ता लगाउने गरिन्छ।

आइतबार जन्मेका मान्छेहरुको स्वभाव र आचरणहरु :

आइतबार जन्मिएका व्यक्तिहरु बढि संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुरामा आकर्षित हुने गर्दछन् ।

आइतबार जन्मिएका व्यक्तिहरुको सम्पत्ति अधिक भएता पनि वचत कम हुने बताइएको छ । यस्ता व्यक्तिहरु खर्चालु स्वभावका हुन्छन् ।

आइतबार जन्मिएका व्यक्तिहरुको असल साथी कम हुने गर्दछन् र यिनीहरुको साथी भने धेरै हुन्छन् ।

आइतबार जन्मिएका व्यक्तिहरुको शरिर, दिमाग र मन साह्रै राम्रो हुने गरेको भनिएको छ।

आइतबार जन्मिएका मान्छेहरु रचनात्मक, मोनोरंजन र साहित्यिक क्षेत्रमा बढी रुचि राख्ने गरेको हिन्दु ग्रन्थअनुसार बताइएको छ ।