आफु प्रेममा रहेको, नरहेको कसरी थाहा पाउने ?

कोहिप्रति आर्कषित हुनु या कसैलाई मन पराउनु प्रेम नै भने होइन तर प्रेमको संकेत हो। प्रेम एक स्वतंत्रभाव हो। प्रेम जो कोहि व्यक्तिलाई , जो कोहि व्यक्तिसंग हुन सक्छ।

हामी कसैसंग प्रेममा पर्यौ भने उसको बारेमा मात्र सोच्नु , उसकै मात्र चिन्ता लिनु उसलाई मात्र हेरिराख्न मन लाग्नु यी त सामान्य रुपमा हुने गर्दछ।

आफु प्रेममा रहेको वा नरहेको यसरी थाहा पाउनुहोस् :

आफुले मन पराएको व्यक्तिलाई लुकीलुकी हेर्न मन लाग्नु।

आफुले मन पराएको व्यक्तिको कसैले नकारात्मक टिप्पणी गरे अथवा उसको विरोध गरे भने यदि तपाईंको मन दुख्छ भने बुझ्नु तपाईंलाई उ प्रति प्रेम छ।

आफुले मन पराएको व्यक्तिसंग भेटि राख्न मन लाग्ने,जीवन काट्न मन लाग्ने र उ संगै समय बिताउन मन लाग्ने हुन्छ।

यदि कोहि व्यक्ति प्रेममा परेको छ भने उसलाई बिना कारण नै तनाव हुन्छ। उसको दिमागमा विभिन्न कुराहरु खेलिरहन्छ।

आफुले मन पराएको व्यक्तिसंग आखाँ जुधाएर हेर्न ग्राहो हुन्छ र उसलाई देख्ने बित्तिकै लाज लाग्ने हुन्छ।

प्रेममा परेको व्यक्तिलाई हरेक पल आफ्नो प्रेमीकोबारेमा सोचिरहने हुँदा उनीहरुको चालचलन अरु बेलाको भन्दा प्रेममा परेको बेला फरक हुन्छ ।

आफुले प्रेम गरेको व्यक्तिको लागि जे गर्न पनि तयार हुनु तथा उसलाई उसको हरेक अप्ठेरोमा साथ दिन मन लाग्छ र उसलाई खुसी देख्न मन लाग्ने।

यदि कोहि व्यक्ति भर्खर प्रेममा पर्न थाल्या छ भने उसलाई हत्तपत कुनै पीडाको महसुस हुँदैन। प्रेम परेको मानिससँगको एक भेट, कुराकानी वा हेराहेर बाट नै उनीहरुले आफ्नो पिडालाई वेवास्ता गर्ने क्षमता राख्दछन्।