के तपाईं एक त्यस्तो व्यक्ति हो, जसलाई चिया नभइ हुँदैन ? अर्थात् के तपाई चिया धेरै पिउने गर्नुहुन्छ ? प्रायजसो धेरै चिया पियो भने बिमार भइन्छ, कम गर ! भनेर धेरै चिया पिउने मान्छेलाई सल्लाह दिने गरिन्छ। तर,चिया पिउने व्यक्तिका लागि यहाँ हामीले खुसीको समाचार लिएर आएका छौं ।
धेरै चिया पिउने व्यक्ति कम चिया पिउनेको तुलनामा काममा धेरै फोकस हुने तथा क्रियटिभ हुने गर्छन् भन्ने एक खोजका अनुसार प्रमाणित भएको छ । एक खोजबाट चिया पिउनाले एकाग्रता बढ्ने पत्ता लागेको छ । धेरै चिया पिउने व्यक्तिमा मानसिक स्पष्टता समेत राम्रो हुने गरेको रिसर्चबाट पत्ता लागेको छ । मानिसमा चिया पिउनाले क्रिएटिभिटी बढ्दै जान्छ ।
चियामा खासगरेर क्याफिन र थियनाइन उपलब्ध हुन्छ । यसले मानषिक अलर्टनेस बढाउने काम गदर्छ । एक कप चिया पिएपछि कुनै पनि व्यक्तिले आफ्ना मानषिक चुस्तता महसूस गर्न सक्दछन् , फूड क्वालिटी एण्ड प्रिफरेन्स जर्नलमा प्रकाशित रिसर्च रिपोर्टका अनुसार।
५० जना विद्यार्थीमा मनोवैज्ञानिकहरुको टीमले यसको रिसर्च गरेका हुन् । यस रिसर्चमा सहभागी सबै विद्यार्थीको उमेर २३ साल थियो । आधा विद्यार्थीलाई पिउनका लागि चिया दिइयो भने आधालाई पानी दिइएको थियो । यस रिसर्जपछि पत्ता लाग्यो कि चिया पिउने विद्यार्थीमा चिया नपिउनेको तुलनामा रचनात्मक क्षमता (क्रिएटिभिटी) बढी हुन्छ











