प्राय हामी शरीरमा कुनैपनि कारण पीडा भयो भने त्यसलाई कम गर्न हामी पेनकिलरको प्रयोग गर्ने गर्दछौं । तर अत्याधिक पेनकिलर जस्ता औषधीको सेवन गर्नु स्वास्थ्यका लागि घातक समेत हुनसक्छ । त्यसैले पेनकिलर औषधी सेवन भन्दा स्वस्थवर्द्धक तथा प्राकृतिक खानेकुराहरू खानु राम्रो हुन्छ ।
यी प्राकृतिक खानेकुराहरू जसले तपाईंको शरीर दुखेको बेला पेनकिलरको काम गर्दछ :
लसून : धेरै पहिले देखि नै लसूनलाई आयुर्वेदिक औषधी मानिँदै आएको छ। एक अनुसन्धानका अनुसार लसून सेवन गर्नाले पेनकिलरको काम गर्ने कुरा पनि पत्ता लागेको छ। छालामा आएको खटिरामा लसून पिसेर लगाउँदा राहत मिल्दछ। त्यस्तै थोरै तेलमा लसूनलाई फ्राइ गरेर दुखेको हाडजोर्नीमा लगाउँदा पनि यसले हामीलाई धेरै आराम मिल्दछ।
अदुवा : आयुर्वेदका अनुसार, दैनिक खानामा अदुवा मिसाएर खाँदा यसले मांशपेसी तथा जोर्नी दुख्ने समस्यामा कम गर्दछ। त्यस्तै वैज्ञानिक अनुसन्धानबाट पनि यसले सुन्निएको अनि दुखेको ठाउँको लागि राहत पुर्याउने पत्ता लागेको छ।
चेरी : चेरीले हाम्रो मांशपेसीलाई मर्मत गर्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले जिम गरेर आएपछि अथवा कुनै भारी काम गरेर आएपछि चेरी वा चेरीको जुस पिउनु सबैभन्दा उचित हुन्छ। साथै यस्ता प्राकृतिक फलले कुनै नकारात्मक साइडइफेक्ट पनि गर्दैन।
जौ : म्याग्नेसियमले भरिपुर्ण यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्दछ साथै रक्तस्राव भएकोलाई पनि धेरै राहत दिन्छ । जौ मा जिङ्क पनि पाइन्छ जसले महिनावारी भएको बेलामा सङ्क्रमण हुनबाट बचाउँछ।
अङ्गुर : ढाड दुख्ने समस्याले सताइरहेको छ भने अङ्गुर खाने गर्नुहोस् । अङ्गुरमा मेरुदण्ड र ढाडमा रक्तसञ्चार गराउने पौष्टिक तत्व पाइन्छ। जसले ढाडको दुखाइलाई कम गर्न ठुलो सहयोग गर्दछ ।










