Ad #144479

एजेन्सी । खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ।

एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राती अथवा आराम गरेको बेला खुट्टा बाउँडिन्छ । तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्छ । पल्टिएको ठाँउमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महसुस हुन्छ। तिघ्राको मासु पल्टने अवधि केहि समयदेखि धेरै मिनेटसम्म हुने गर्छ। दुखाइ कम भएपछि एकैठाउँ डल्लो परेको मासु ठिक ठाउँमा आउन केही समय लग्छ।

कारण
मांसपेशी खुम्चने, मांसपेशीको थकान, धेरै हिड्नाले, तनाव, व्यायाम लगायत यस समस्या देखिन् छन् ।

खुट्टा फर्किने वा बाउँडिने समस्याको यकिन कारण भने छैन। विविन्न कारणले गर्दा यस्तो समस्या देखापर्छ। मानव शरीरमा क्याल्सियम र पोटासियम नामक भिटामिनको कमी हुँदा यो समस्या देखा पर्ने डाक्टरहरु बताउछन् । सामान्यतया निम्न समस्याहरुले गर्दा खुट्टा फर्किने गर्दछ ।
१. पोषक तत्वको अभाव
२. लामो समयसम्म उभिँदा
३. जलवियोनन
४. गर्भवती
५. हाइपो थाइराइड
६. अनियन्त्रित मधुमेह
७. मध्यपानको प्रयोग