काठमाडौँ । अहिलेको सयममा मानिसका लागी मोवाइल फोन अपरिहार्य बनिसकेको छ। यो मानव जीवनको अभिन्न अंग समेत बनिसकेको छ।
यसको प्रयोगले रमाईलो समययापन, थकानबाट आराम लगायतको महशुस हुन्छ । साथै बिहान उठ्ने बित्तिकै होस् या बेलुकी विस्तारामा होस् हामीलाई मोबाइल अनीवार्य जस्तै भइरहेको छ । मोबाइल नहुने हो भने केही समयपनि कटाउन गाह्रो भएको अनुभूती हुन्छ ।
मोबाइल प्रयोगको गर्नुका फाइदासंगै बेफाइदा पनि छ । मोबाइलको अत्यधिक प्रयोगले विभिन्न समस्या उत्पन्न हुने गर्छ । यसरी हरहमेशा मोवाइलमा झुण्डिरहने मानिलाई जुनसुकै बेला मोबाइलले असर पुर्याउन सक्छ । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजनन देखि स्वास्थ्यसम्म विभिन्न क्षेत्रमा असर गर्ने गरेको छ ।
-
राती सुत्दा मोबाइल साथमा या सिरानीमा राखेर सुत्ने अधिकांस मानिसको बानी नै हुन्छ । तर मोवाइल फोनसँगै लिएर राति सुत्ने मानिसमा यसले नकारात्मक असर पार्ने चिकित्सकहरु बताउँछन् ।
-
मोवाइलको ब्याट्रीबाट सय भन्दा बढी विषालु ग्याँस निस्कने बताएका छन् । लिथियम–आयन ब्याट्रीबाट कार्बोन मोनोअक्साइड लगायतका अन्य निस्कने ग्याँसले आँखा, छाला तथा नाकमा जलन पैदा गर्ने र कालान्तरमा यसले मानिसलाई रोगी समेत बनाउन सक्ने बताइएको छ ।
-
मोबाइलको अत्यधिक प्रयोगले विभिन्न समस्या उत्पन्न हुने गर्छ । यसरी हरहमेशा मोवाइलमा झुण्डिरहने मानिलाई जुनसुकै बेला मोबाइलले असर पुर्याउन सक्छ । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजनन देखि स्वास्थ्यसम्म विभिन्न क्षेत्रमा असर गर्ने गरेको छ ।
-
अहिलेको नयाँ प्रविधिमा आएका स्मार्टफोनबाट दर्जनौं खतरा हुने भएकाले राति सुत्दा मोवाइल सिरानिमा राख्न नहुने चिकित्सकहरु सल्लाह दिन्छन् ।
-
तपाइले गर्ने यस्ता सानो गल्तीले पनि स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्छन् । त्यसैले तपाइले सुत्नेबेला मोबाइल आफ्नो साथबाट टाढा राख्नु नै उचित हुन्छ ।











