एजेन्सी। आजभोली शहरीमा बस्ने धेरै मानिसहरु मोटोपनाको शिकार भएको पाइन्छ । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् ।
मानसिक तनाव पनि बढ्दो छ । यसलाई नियन्त्रणमा लिन ध्यान गर्नु आवश्यक छ । त्यमा पनि बिहानको समयमा ध्यान गरे लाभदायी हुन्छ। बिहान, बेलुका र राति अथवा एकान्त स्थानमा कुनै पनि समय ध्यान गर्न सकिन्छ।
तर अन्य समयको तुलनामा बिहानको समयमा गर्नु उत्तम मानिन्छ। शुरुका दिनमा ध्यान गर्दा मन एकाग्र हुन नसकेमा श्वासप्रश्वासलाई गणना गर्ने काम गर्नुपर्छ। ध्यानको कारण शरीरको आन्तरिक क्रियामा विशेष परिवर्तन हुन्छ । शरीरको प्रत्येक कोशिका प्राणतत्वले भरिन्छ । शरीरमा प्राणतत्व बढ्नाले प्रशन्नता, शान्ति र उत्साहको संचार हुन्छ । ध्यान गर्नुका फाइदा
- उच्च रक्तचाप कम हुन्छ । रक्तमा ल्याक्टेट कम हुन्छ । उद्ववेग, व्याकुलता कम हुन्छ ।
- तनाव व्यवस्थापनको राम्रो माध्याम हो यो । तनावको कारण पैदा हुने कुनैपनि समस्या कम हुन्छ ।
- भावदसा वा व्यवहार राम्रो बनाउने माध्याम हो ।
- प्रतिरक्षा तन्त्रमा सुधार आउँछ ।
उर्जाको आन्तरिक स्रोतमा उन्नति हुनाले उर्जा स्तर वृद्धि हुन्छ ।











