धेरैजसो दम्पतीहरुमा पहिलो सन्तानको कति समयको अन्तरालमा अर्को सन्तान जन्माउने भन्ने कुराको ज्ञान रहेको हुँदैन । यस्तो समयमा एउटा मात्र सन्तान जन्माउने भएकोले एकल बच्चाहरु साथीभाईसँग घुलमिल हुन नसक्ने भएकाले उनीहरुलाई समाज तथा परिवारसँग मिलेर बस्न कठिन लाग्छ ।
त्यसैले निश्चित समयान्तरमा दोस्रो बच्चा जन्माउनु नै राम्रो हो । तर, दोस्रो पटक गर्भधारण गर्दा धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ ।
१. बच्चा जन्माउने सहि उमेर
उमेर ढल्किएपछि महिला गर्भवती भएतापनि सन्तान जन्माउन निकै जोखिमपूर्ण हुन्छ । त्यसैले महिलाले ३५ बर्षपछि गर्भवती भएमा डेलिभरीको समयमा केहि कठिनाइ आउनुका साथै बच्चाको विकास राम्रो नहुन सक्छ । यस्तोमा ३५ बर्षपछिको उमेरमा गर्भवती हुनु खतरायुक्त हुनसक्ने भएकाले दोस्रो बच्चा जन्माउने सोच बनाउनेहरुले आफ्नो उमेरको पनि ख्याल गर्नुपर्छ ।
२. बच्चा जन्माउने ठिक समय
पहिलो बच्चा जन्माउने बितिकै अथवा त्यसको लामो समय पछि पनि दोस्रो बच्चा जन्माउनु सहि हुँदैन । पहिलो बच्चा र दोस्रो बच्चाको उमेर अन्तर धेरै हुनु भएन त्यसैले पहिलो सन्तान जन्मेको २ बर्षको हाराहारी पछि दोस्रो सन्तान जन्माउनु उपयुक्त हुन्छ । यदि दुई सन्तानबीच १७ महिनाभन्दा कम अन्तर भएमा प्रीमेच्योर वर्थको सम्भावना हुन्छ । साथै ५ बर्षपछि गर्भवती नहुने संभावना बढि हुन्छ । २ बर्षपछिको अन्तरमा बच्चा भएमा बच्चाहरु एकअर्काको साथी बन्छन् । उनीहरुको पालन पोषणमा कुनै समस्या आउँदैन र उनीहरुलाई एक्लोपनको महसुस पनि हुँदैन।
३. कसरी सन्तानको ख्याल राख्नी
दुई सन्तान हुदाँ उनीहरुबीच आपसमा इर्श्याको भावना पैदा हुने गर्दछ । यस्तो समयमा उनीहरु आफ्नो आमाबुवासंग सानो भन्दा सानो कुरामा बराबर आधिकार माग्ने गर्छन । यदि बराबर पुर्याउन नसकेमा उनीहरु एक अर्का संग रिष गर्छन । त्यसैले यस्तो नहुन दिनलाई दुबैलाई सम्मान व्यवहार गर्नुपर्छ ।
४. आर्थिक अवस्था
दोस्रो सन्तान जन्माउने सोचमा हुनुहुन्छ भने आफ्नो आर्थिक अवस्थाको ख्याल गरेर मात्र अघि बढ्नु होला। दुई सन्तान भएपछि उनिहरुको चाहनाहरु पुरा गर्न समस्या पर्न सक्छ साथ साथै उनीहरुको पालन पोषणमा लगानी समेत बढ्ने गर्छ।
५. दम्पति बीच आपसी सल्लाह
दोस्रो सन्तान जन्माउने योजनामा रहदाँ दम्पतीबीच आपसी सल्लाह हुन धेरै आवश्यक हुन्छ । साथै यसकालागी आफू भन्दा बुद्धिमानी र आफन्तको पनि सल्लाह लिनु जरुरी छ।











