एजेन्सी । हरेक धर्मको आफ्नो आफ्नो परम्परा र रीती रिवाज हुन्छ । यसमध्ये एक रिवाज कुनै व्यक्तिको मृत्यु भएपछि मृत शरीरको नष्ट गर्ने प्रकृया । यो प्रक्रिया हरेक धर्म मा अलग अलग तरीकाबाट गरिने गरिएको छ ।
धार्मिक कारण
हिन्दु धर्मको मान्यता अनुसार महिलाहरूको मुटु कमजोर र भावुक रहेकाले उनीहरूलाई अन्तिम संस्कारमा भाग लिन दिइन्न किनकि श्मशानभूमिमा नकारात्मक ऊर्जाको प्रवाह हुन्छ र कमजोर मनोबल भएको व्यक्ति यसको चपेटामा आउन सक्छ । उक्त कारण गएका मलामीहरूले नकारात्मक ऊर्जाबाट मुक्त पाउनका लागी नुहाउने गर्छन् l
वैज्ञानिक कारण
व्यक्तिको मृत्युपछि उसको शवमा ब्याक्टेरिया हाबी हुन्छ l यी ब्याक्टेरियाहरू शवको सम्पर्कमा आउने जिउँदा व्यक्तिको शरीरमा पनि फैलिन सक्छन् । त्यसै कारण मलामी गएका मानिसहरू ब्याक्टेरियाबाट बच्नका लागी नुहाउने गर्नुपर्छ l नुहाउँदा शरीरबाट सबै ब्याक्टेरिया पानीमा बगेर जाने गर्छ l
मुस्लिम तथा इसाई धर्ममा शव गाड्ने गरिन्छ भने हिन्दू धर्ममा शव जलाउने गरिन्छ । हिन्दू धर्ममा शवलाई जलाइनुको पछाडि यस्तो मान्यता छ ।
-
दाह संस्कारमा मृत व्यक्तिको शरीरलाई उठाएर शमशान लगिन्छ र फेरि उक्त शवलाई विधि विधानका साथ अग्निदाह गरिने गरिन्छ ।
-
हिन्दू धर्ममा १६ संस्कार रहेका छन् । र, मृत्यु संस्कार अन्तिम संस्कार हो । अंतिम संस्कार अर्थात दाह संस्कार ।
- शास्त्रमा यो पनि लेखिएको छ कि मानव शरीर पञ्च तत्वबाट बनेको छ । ५ तत्व पृथ्वी, जल, अग्नि, वायु तथा आकाश रहेका छन् ।
-
धर्म शास्त्रका अनुसार मृत व्यक्तिको शरीरलाई जलाएपछि शरीर यी पाँच तत्वमा विलीन हुन जान्छ र आत्मालाई मुक्ति मिल्छ ।
-
वास्तवमा हिन्दू धर्ममा मृत्युलाई जीवनको अन्त्य मानिदैन । एक जीवन समाप्त भएपछि त्यस व्यक्तिको आत्मा उक्त शरीरबाट छुटेर कुनै नयाँ रूप तथा शरीरमा धारण हुन्छ या उसको मोक्ष हुन्छ भन्ने मान्यता छ ।











