Ad #144479

एजेन्सी । हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौँ। वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस सम्वन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ ।

उद्योग, नहर, कुवा, इनार, मन्दिर, घर, अफिस, बजार आदिको निर्माण कसरी गर्नुपर्छ भन्ने कुराको वर्णन वास्तुशास्त्रमा गरिएको हुन्छ । हिन्दूधर्म दर्शन तथा वास्तुशास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।

दिशा, बार, ग्रह आदीको हेक्का राखी गरिएका कामहरु सफल हुने दाबी ज्यातिषविज्ञान, वास्तुशास्त्रले गरेका छन् । वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा सफलता मिल्नेछ ।

  • दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ ।
  • शनिबारको दिन पिपल वृक्षलाई चिनी-पानी, चिनी-चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ ।
  • उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण-पूर्व कोणमा राख्दा लगभग घरको सबै काम-कुरा ठीक हुँदै जानेछन् ।
  • कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन।
  • मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् ।
  • दक्षिण-पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ ।
  • तपाईंको पछाडि, झयाल, ढोका या खुल्ला हुनु हुँदैन । पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ ।