एजेन्सी। चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनको शिक्षादीक्षा प्रसिद्ध नालंदा विश्वविद्यालयमा भएको मानिन्छ ।
सानो उमेरदेखि नै होनाहार विद्यार्थीको रुपमा चिनारी बनाएका चाणक्य एक महान चिन्तक थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए ।
उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ ।चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ; यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ ।
चाणक्य नीति आचार्य विष्णुगुप्त चाणक्य वा कौटिल्य रचित नीति ग्रन्थ चाणक्य नीति दर्पण व्यावहारिक जीवनका लागि श्रेष्ठ मार्गदर्शक नीति मानिन्छ । यस ग्रन्थमा संग्रहित कतिपय बिचार जीवनोपयोगी छ । जीवन परिवर्तन गर्ने चाणक्यका अनमोल ११ वाणीहरु निम्न अनुसार छन् ।
१. दिल र दिमागको द्वन्द्वमा दिललाई सुनौं ।
२. सबैभन्दा ठूलो गुरुमन्त्र हो, कहिलेपनि आफ्नो राज अर्कालाई बताउनु हुँदैन ।
३. पृथ्वी सत्यको शक्तिद्वारा समर्थित छ । यो सत्यको शक्ति हो, जसले घामको चमक र हावालाई बेग दिन्छ । खासमा सबैकुरा सत्यमा आधारित हुन्छ ।
४. सन्तुलित दिमाग जस्तो सादगी केहि छैन, सन्तोष जस्तो सुख केहि छैन, लोभ जस्तो बिमार केहि छैन, दया जस्तो पुण्य केहि छैन ।
५. आफ्नो धन अर्काको भलाईमा प्रयोग हुन्छ भने, त्यसको मूल्य रहन्छ । अन्यथा यो दु:खको भण्डार हो, यसबाट जतिसक्दो छुटकारा मिल्नुपर्छ ।
६. जुन समय जे कामको लागि प्रतिज्ञा गरिन्छ, ठीक त्यही समय त्यही काम गर्नुपर्छ । अन्यथा विश्वास नष्ट हुन्छ ।
७. जुन दिन हामीलाई कुनै समस्या आउँदैन, बुझौं हामी गलत बाटोमा छौ ।
८. कसैको निन्दा नगरौ । यदि मद्दत गर्न सक्छौं भने हात बढाउँ, यदि सक्दैनौ भने हात जोड ।
९. शक्ति जीवन हो, निर्बलता मृत्यु हो । विस्तार जीवन हो, संकुचन मृत्यु हो । प्रेम जीवन हो, द्वेष मृत्यु हो ।
१०. कुनै काम सुरु गर्नुअघि आफुले आफैलाई तीन प्रश्न गरौं । म के गर्दैछु ? यसको नतिजा के हुन्छ ? के यसमा म सफल हुन्छु ?
११. तपाई के गर्ने सोचिरहनु भएको छ ? त्यसलाई व्यक्त हुन दिनु हुँदैन । बुद्धिमानीपूर्वक यसलाई रहस्य बनाइ राखौ र यस काम गर्नका लागि दृढ हुनुपर्छ ।











