बाल गिताञ्जलीको १३ औँ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न, ३ जना विद्यार्थीलाई एक्सीलेन्सी अर्वाड

  • 294
  •  
  •  
  •  
  •  
  •  
  •  
    294
    Shares

रमिता दंगाल

२५ पुष, काठमाडौं । बाल गिताञ्जली स्कुल तथा गिताञ्जली किण्डर वल्डले शनिबार आज १३ औँ बधाई तथा शुभकामना कार्यक्रम मनाएको छ । माध्यमिक शिक्षा २०७६ मा सफल हुनु भएका विद्यार्थीहरुको सम्झनामा आज स्कुलले आयोजित बधाई तथा शुभकामना कार्यक्रम मनाएको हो ।

गिताञ्जली स्कुलद्धारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा ४२ जना छात्रा तथा छात्रलाई स्कुलले उक्त समारोहकाबीच सम्मान गरेको छ । कोरोनाका कारण यस बर्ष विद्यार्थीहरुलाई असर पारेको बताउदै शुभकामना तथा स्वागत मन्तव्य राख्दै विद्यार्थीहरुले जे जानेर परीक्षा लेखे त्यहि अनुसार नतीजा लिएर आएको पिन्सीपल महेन्द्रराज घिमिरेले बताउनुभयो ।

स्कुलले हरेक बर्ष विभिन्न विधाका शिर्षकमा उत्कृष्ट कार्य गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गर्दै आइरहेको छ । १३ औँ बधाई तथा शुभकामना कार्यक्रममा पनि गिताञ्जली एक्सीलेन्सी अर्वाड तर्फ ३ जना विद्यार्थीलाई सम्मान गरेको छ । जसमा सम्मानीत हुने विद्यार्थीमा आषिष गिरी, आयूष श्रेष्ठ र दिपीका श्रेष्ठ रहेका छन् ।

यता कार्यक्रममा सहभागी अभिभावकहरुले हाम्रो अवस्थाको जिम्मेवार अहिलेको शिक्षा नै भएको बताएका छन् । प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि पनि भन्दै प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न पर्दैन। त्यसैले, आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै मुख्य रहेको कुरामा जोड दिएका छन् । अभिभावकले पनि अब दबाबमा होइन, आफ्नो क्षमता र इच्छाअनुसार विद्यार्थीले आफ्नो अध्ययनलाई अघि बढाउनुपर्ने कुरा बताएका छन् ।

विस २०५३ सालमा स्थापना भएको गिताञ्जली स्कुलले अहिले प्रतिस्पर्धात्मक समय र बदलियो शिक्षा प्रणालीलाई मनन गरी गुणस्तीय शिक्षा प्रदान गर्दै आइरहेको छ । कागेश्वरी मनहरा नगरपालिका ७ मुलपानी अवस्थित स्कुलले सभ्य समाजका लागी नैतिक, चरित्रवान, मानतावादी तथा राष्ट्रप्रेमी नागरिकको निमार्ण गर्नु संस्थाको मुख्य उदेश्य रहेको जनाएको छ ।

तेसो त विद्यार्थीलाई योग्य तथा सृजनशिल बनाउने उदेश्यले शिक्षा क्षेत्रमा प्रवुद्ध व्यक्तिहरुको सहभागीता रहेको पनि स्कुलले जनाएको छ । यति मात्र नभएर स्कुलले छात्रावास र यातायात साधनको पनि व्यवस्था गरेको छ ।

कार्यक्रम समापन गर्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा जन्सम्पर्क अधिकृत कृष्ण थापाले अभिभावक हरुलाई तपाईंको नानिबाबुलाई विधाई भन्दा पनि उनीहरुले गरेको कामको सम्मान गरेको बताउनु भयो । समापन सत्रमा बोल्दै अध्यक्ष थापाले भन्नु भयो:- “हामीले विद्यार्थीलाई बिदाई गरेका होइनौँ हामीले आफ्ना छोराछोरीलाई हुकायौँ पढाऔँ यो विद्यालय गुँड हो ।”

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकको सहभागीता रहेको थियो भने बदाई तथा शुभकामना कार्यक्रमको संचालन स्कुल इन्चार्ज तीर्थराज घिमिरेले गर्नु भएको थियो ।


  • 294
  •  
  •  
  •  
  •  
  •  
  •  
    294
    Shares