करिब २ घण्टा अवरुद्ध भएको थली सडक खुला

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

५ मंसिर, काठमाण्डौ। चाबहिल-साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै थलीका स्थानीय आन्दोलित भएका छन् । दुर्घटना बढेको र सडकले सास्ती भएको भन्दै सर्वसाधारणले आज थलीमा प्रदर्शन गरेका हुन् ।सडकका कारण स्थानीय क्षेत्रमा दुर्घटना पनि बढेको स्थानीयको गुनासो छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार करिब २ घण्टा अवरुद्ध भएको सडक केहीबेर अघि मात्रै खुलेको छ ।सडक विभागले स्थानीय जनप्रतिनिधिमार्फत गति बढाउने प्रतिवद्धता जनाएपछि अवरुद्ध सडक खुलेको हो।

समयमा काम नसकिँदा यो सडक खण्डमा सवारी आवागमन पनि प्रभावित बन्दै आएको छ । सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपनि काम अझै सकिएको छैन । पुराना प्रणालीको ढल व्यवस्थापन लगायतका कारण कालोपत्रे अघि बढाउन समस्या भएको सडक बिभागले बताउँदै आएको छ ।

स्थानीय तहले पनि भूमिका नखेलेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । लामो समयदेखि धुलो र हिलोको मारमा परेका स्थानीयबासिन्दाले यसअघि पनि पटक-पटक सडकमा उत्रिएर विरोध गरिसकेका छन् ।

यहाँका सडक दिउँसो धूलोले कुहिरीमण्डल बन्ने गरेका छन् । चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर छ । त्यसमध्ये सानो खण्ड मात्रै कालोपत्रे भएको छ । बाकीँ सडक कच्ची नै छन् ।


  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares