कागेश्वरीमा आज थप २४ जनामा कोरोना संक्रमण

रमिता दंगाल / कागेश्वरी खबर

३ भदौ, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिकामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै कोरोना संक्रमितको कुल संख्या ३४३४ पुगेको नगर प्रमुख कृष्णहरी थापाले सामाजिक संजाल फेसबुक मार्फत जनाकारी दिनु भएको छ।

दोस्रो लहरको नयाँ कोरोना भेरिएण्टबाट गत चैत्र १९ गते देखि २०७८ असार ३ गते सम्ममा नगरपालिका भित्र ३४३४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी अहिलेसम्म २७५० जना कोरोना संक्रमणमुक्त भएका प्रमुख थापाले बताउनु भयो। हाल सम्म नगरपालिका भित्र ६ सय ३० जना सक्रिय संक्रमित रहेको छन्।

अहिलेसम्म नगरपालिकामा ५४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने २७५० जना कोरोना संक्रमणमुक्त भएका छन्।

त्यस्तै हाल ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएका उहाँले बताउनु भयो।

कुन वडामा कति संक्रमित ?

कागेश्वरी मनाेहरा वडा नं. १ मा – ११८ जना ।
कागेश्वरी मनाेहरा वडा नं. २ मा – ७६ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ३ मा – १३४ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ४ मा – १७८ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ५ मा – ३०७ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ६ मा – ६३४ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ७ मा – ५३८ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ८ मा – ३०४ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ९ मा – ११४५ जना ।