खोप अभियानको अन्तिम दिन : गाेठाटार स्वास्थ्य चाैकीबाट ४३६ जनाले लगाए ‘भेरोसेल’ को दोस्रो मात्रा

रमिता दंगाल / कागेश्वरी खबर

११ जेष्ठ, काठमाण्डौ। गत जेष्ठ २ गतेदेखि सुरु भएको कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप भेरोसेल’ को दोस्रो डोज लगाउने कार्य आज देखि सकिएको छ ।

कागेश्वरी मनाेहरा नगरपालिका वडा नं. ९ स्थित गाेठाटार स्वास्थ्य चाैकीबाट खोप अभियानको अन्तिम दिन आज ४ सय ३६ जनालाई दोस्रो चरणको भेरोसेल खोप लगाइएको कोभिड फोकल पर्सन एवं नगर स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइरालाले जानकारी दिनुभयो। खोप लागाउनेहरु मध्ये २२१ जना पुरुष रहेका छन् भने २१५ जना महिला रहेका उहाँले बताउनु भयो।

खोप अभियान सुरु भएको १० दिनको अवधिमा गाेठाटार स्वास्थ्य चाैकीबाट कुल ३३९६ जनालाई भेरोसेल’ खोपको दोस्रो मात्रा प्रदान गरिएको छ। जसमध्ये १५५७ जना महिला रहेका छन् भने १८३९ जना पुरुष रहेका कोइरालाले जानकारी दिनुभयो।

कोभिड विरुद्धको भेरोसेल खोप अभियान कार्यक्रमलाई सफल बनाउन अभिभावकत्व प्रदान गर्नु हुने नगर प्रमूख श्री कृष्ण हरी थापा लगायत उप प्रमूख श्री बिंदु सिम्खडा, खोपको अवधिमा निर्देशन सहित हौसला र सहयोग प्रदान गर्नु हुने वडा नं ९ का अध्यक्ष कुन्दन खड्का, नगर प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, वडा नं ८ का वडा अध्यक्ष श्रीकृष्ण चापागाईं, कार्यपालिका सदस्य कला घिमिरे ,वडा नं ९ का वडा सदस्य रामहरि गौतम,डोल नाथ पोख्रेल ज्यू ,वडा नं ८ का सदस्य श्री अष्ट लाल श्रेष्ठ, स्वास्थ्य शाखा प्रमूख श्री कुमार डाँगी कोभिड फोकल पर्सन लक्ष्मी कोइराला, नगर प्रहरी ,नेपाल स्काउट ,महिला स्वास्थ्य स्वयंसेविका दिदीहरू एवं डा.कञ्चन ट्वा टी प्रति गाेठाटार स्वास्थ्य चाैकीले हार्दिक धन्यवाद प्रकट गरेको छ।