कागेश्वरी मनोहरा नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

रमिता दंगाल / कागेश्वरी खबर

१० जेष्ठ, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यससँगै कोरोना संक्रमितको संख्या १३४७ जना पुगेको नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिनुभयो।

हालसम्म नगरपालिकामा दोस्रो लहरको नयाँ कोरोना भेरिएण्टबाट गत चैत्र १९ गते देखि २०७८ जेष्ठ १० गते सम्ममा १३४७ जनामा सक्रमण पुष्टि भएको छ।

त्यस्तै अहिलेसम्म ३२१ जना कोरोना संक्रमणमुक्त भएका प्रमुख थापाले बताउनु भयो। हाल नगरपालिकामा ९ सय ८९ जना सक्रिय संक्रमित रहेको छन्।

त्यसैगरी अहिलेसम्म नगरपालिकामा ३७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कुन वडामा कति संक्रमित ?

कागेश्वरी मनाेहरा वडा नं. १ मा पुरूष, १५ जना महिला – ११ जना ।
कागेश्वरी मनाेहरा वडा नं. २ मा पुरूष, १६ जना महिला – ७ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ३ मा पुरूष , १४ जना महिला – १० जना ।
कागेश्वरी मनाेहरा वडा नं. ४ मा पुरूष, २९ जना महिला – १८ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ५ मा पुरूष, ४७ जना महिला- ६५ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ६ मा पुरूष, १०२ जना महिला- ७४ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ७ मा पुरूष, ११८ जना महिला- १०७ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ८ मा पुरूष, ६८ जना महिला ६५ जना ।
कागेश्वरी मनाेहरा वडा नं. ९ मा पुरूष, २८७ जना महिला २९४ जना ।

साथै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न नगर प्रमुख थापाले सम्पूर्ण नगरबासिहरुलाई अनुरोध गर्नुभएको छ।