कागेश्वरीमा सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन डिजिटल बडा पत्र जडान

२१ माघ, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले डिजिटल प्रबिधिबाट नागरिक बडा पत्र र नगरका बिकास निर्माणको जानकारी लिन सकिने डिजिटल बोर्ड जडान गरेको छ ।

नगरपालिकाको कार्यलयमा जडान गरिएको यो डिजिटल बोर्डमा नागरिक वडा पत्र देखि नगरपालिकाले गर्दै आएको बिवरण सुचना समेत सार्वजनिक गरिंदै आएको छ । सार्वजनिक सेवा प्रवाह, सूचनाको पहुँचमा सहजता ल्याउन सो प्रबिधि जडान गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

यो सेवा जडान पछि अडियो सुनिने र मनिटरमा देखिने भएकाले सबै प्रकारका नागरिकहरुलाई सूचना पुग्ने उहाँको भनाई छ ।