श्री नव कान्ति भैरब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको तेह्रौं बार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न

  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

रमिता दंगाल

४ माघ, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ डाँछी अवस्थित श्री नव कान्ति भैरब बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले कोभिड – १९ का कारण सहकारी विभागको निर्देशिका पूर्ण पालना गरी तेह्रौं बार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ।

वि स २०७७-०९-१८ गते सहकारीको कार्यालयमा श्री राम भडेलको अध्यक्षतामा सबिधान सभा सदस्य श्री दिपक कुइँकेलले पानसमा दिप जलाई उट्घाटन गर्नुभएको थियो। उक्त सभामा संस्थापक अध्यक्ष तथा सलाहकार श्री भाईकाजि अधिकारीले स्वागत मन्तब्य दिनुभयो।

सो सभामा संस्थाका अध्यक्ष श्री राम भडेलले आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन तथा आर्थिक बर्ष २०७७/७८ को नीति कार्यक्रम बजेट संचालक समितिको तर्फबाट पेश गर्नुभयो।

त्यसैगरी सो सभामा लेखा समितिका संयोजक श्री शैलेन्द्र कुइँकेलले सहकारी संस्थालाई विभिन्न सुझाव सहितको २०७६/७७ लेखा समितिको प्रतिवेदन पेश गर्नुभयो। साथै बार्षिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदनमा आएका सुझाव, सल्लाह बारेमा आवश्यक सम्बोधन अध्यक्ष श्री राम भडेल र श्री शैलेन्द्र कुइँकेलले गर्नुभएको थियो।

त्यस्तै यस सहकारी संस्थाले कृषि सामाग्री कम्पनि र साल्ट ट्रेडिङ्गबाट उपलब्ध रसायनिक मल यस क्षेत्रमा वितरण गर्दै आएको छ।

संस्थाको तेह्रौं सभामा निर्बाचन कार्यक्रम समेत रहेको थियो। संस्थाका श्री राम भडेलको अध्यक्षतामा संचालक समिति र श्री शैलेन्द्र कुइँकेलको संयोजकत्वमा लेखा समिति निर्वाचित भएको संस्थाका ब्यवस्थापक श्री राजेन्द्र थापाले जानकारी दिनु भयो।


  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares