कागेश्वरीको कृष्ण मन्दिरमा रहेको खानेपानी ट्यांकी भाेली उदघाटन गरिने

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

रमिता दंगाल

२८ पुस, काठमाडाैं । काठमाडाैं कागेश्वरीको कृष्ण मन्दिरमा रहेको खानेपानी ट्यांकी बुधबार भाेली उदघाटन गरिने भएकाे छ । मनोहरा नगरपालिकाको कृष्ण मन्दिर अड्डा पाटिमा रहेको आलापोट खानेपानी व्यवस्थापन समाजको खानेपानी ट्यांकी र फिल्टर प्यान्टको उद्घाटन एक समाराेहकाबीच उदघाटन गरिने भएकाे हाे ।

कार्यक्रमको उद्घाटन वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले गर्नुहुने नगरपालिकाले कागेश्वरीखबर डटकमलाई जानकारी दिएकाे छ । नगरपालिकाका अनुसार कार्यक्रममा नगरपालिकाका मेयर कृष्ण हरि थापा तथा उप मेयर बिन्दु सिम्खडाको  समेत उपस्थिति रहने छ ।

वडा नम्बर २ का वडासदस्य शिवराम बस्नेतले कागेश्वरीखबर डटकमलाई दिएकाे जानकारी अनुसार कार्यक्रममा ३ नं प्रदेशका सभासद कृष्ण राईको पनि उपस्थिति हुने बताइएकाे छ ।

सो ट्यांकीको पानी लगभग ८ सय घर धुरीलाई वितरण गरिने योजना रहेको छ। सो पानी ट्यांकीको क्षमता दुई लाख बिस हजार लिटर रहेको छ। पानीको मागलाई मध्य नजर गर्दै उक्त पानी ट्यांकीको निर्माण २०७६ सालबाट सुरु गरिएको वडासदस्य बस्नेतले बताउनुभयो। सो पानी ट्यांकी वाग्मती प्रदेश सरकारको करिब करिब त्रिचालिस लाख रुपैयाँ सहयोगमा बनेको हो।


  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares