२७ मंसिर, एजेन्सी । भारतीय अभिनेत्री अर्या बनर्जीको मृत्यु भएको । शुक्रबार दक्षिण कोलकातामा उनको निवासमा मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरी टोलीका अनुसार उनको नाकबाट रगत बगिरहेको अवस्थामा अर्या फेला परेकी हुन् । उनको शव अहिले पोस्ट मार्टमका लागि लगिएको बताइएको छ । ३३ वर्षीया अर्या घरमा एक्लै बस्दै आएकी थिइन् । उनले घरमा एउटा कुकुर पनि पालेकी थिइन् ।
उनले केही खाना वान्ता गरेर भुइँमा उत्तानो परेर लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जमिनमा रगतका केही थोपा पनि भेटिएका थिए ।
‘द डर्टी पिक्चर’ जस्ता प्रख्यात बलिउड फिल्ममा पनि काम गरेकी थिइन् । स्वर्गीय सितार प्लेयर निखिल बंड्योपाध्यायकी छोरी आर्यले ‘एलएसडी: लव सेक्स अउर चीट’ (२०१०) जस्ता धेरै फिल्महरूमा अभिनय गरेकी थिइन् ।












