२८ माघ, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ११२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ४४७ जनाको पीसीआर परीक्षणमा६६६ र ३ हजार ५४२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६२ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ भने दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
[sidebar name="button post"]











