पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

२७ असोज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ७ सय २५ पिसिआर परीक्षणका क्रममा ४५ जना र १ हजार ६१ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २१ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ६ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]