पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

१४ असोज, काठमाडौँ। आज शुक्रबार नेपालमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ सय ४१ पिसिआर परीक्षणमध्ये ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हाल १ हजार ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

[sidebar name="button post"]