महिला हिंसाविरुद्धको १६ दिने अभियान : अभियानकर्मी सिता ओझा भन्नुहुन्छ,‘बलात्कार गर्ने अपराधीलाई मृत्युदण्ड दिनुपर्छ’

समिता श्रेष्ठ

सिता ओझा सामाजिक रुपान्तरणमा सक्रिय हुनुहुन्छ । सामाजिक रुपान्तरणको लागि साहित्यको माध्यमबाट कलम चलाउने मात्रै होइन उहाँ महिला अधिकार र न्यायको लागि पनि निरन्तर लागिरहनुभएको छ । ओझा मनोपरामर्शदाता र मेलमिलापकर्ताका रुपमा पनि काम गर्नुहुन्छ ।

अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । उहाँ र अन्य महिला उत्थानकर्ताहरु लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा लागिरहनु भएको छ ।

नेपाली समाज र महिला हिंसा 

नेपाली समाज पितृसत्तात्मक समाज मानिन्छ । पुरुषको तुलनामा महिला हिंसाका घटना धेरै हुन्छन् । यहि अभियानका क्रममा मंसिर २१ गते ‘विपद्का समयमा महिलामाथी किन बढी हिंसा हुन्छ’ भन्ने बिषयमा अन्तरसंवाद कार्यक्रम भयो । अन्तरसंवाद कार्यक्रममा सिन्धुपाल्चोकमा काम गरेको संस्था सामाजिक अभियान नेपाल, मिसन स्माईल नेपाल, गोपाल गौरी दिगो बिकास प्रतिस्ठान, भरतमोहन अधिकारी स्मृति प्रतिष्ठान, समुन्नत महिला मञ्च गरि पाँच संस्थाहरुको सहभागीता थियो ।

यो कार्यक्रमको सह–आयोजना नेपाल पानी सदुपयोग फाउण्डेसन थियो । यस कार्यक्रम बिशेषगरि स्थानीय तहमा गएर काम गर्ने संस्थाहरुमा प्राथमिकतामा राखेर गरिएको थियो । यो कार्यक्रमको मुख्य उद्देश्य पहुँच भएका र पहुँच नभएकाहरुमा सामाजिक काम गर्ने सन्दर्भमा भएका फरकपनबारे पहिचान गर्नुथियो । त्यसको साथसाथै स्थानीय तहमा कस्ता कस्ता अप्ठ्यारोहरु अभियानकर्ताहरुले व्यहोर्नुपर्छ, नीतिनिर्माण कर्ता, सामाजिक संघसंस्थाहरुमा काम गर्नेहरुले कस्ता समस्या झेल्नुपर्छ भनेर कार्यक्रम केन्द्रित भएको थियो ।

यस कार्यक्रममा बिशेष रुपमा राजनीति भित्रका हिंसा, सांस्कृतिक धार्मिक क्षेत्रमा भएका हिंसा, सामाजिक हिंसा, पारिवारिक संरचना भित्रका हिंसा, महिला महिला बिचको नाता सम्बन्ध बिच हुने हिंसालाई उठाईएको थियो । हाम्रो घर परिवारमा हुने गर्भपतनदेखि एउटा कार्यालयमा काम गर्ने महिलाहरु हिंसामा कसरी पर्छन् भने कुरालाई कार्यक्रममा उजागर गरिएको थियो ।

१६ दिने विश्व अभियान

महिला हिंसा र अभियानबारे ओझा भन्नुहुन्छ,‘यो अभियान नोभेम्बर २५ देखि सुरु भई डिसेम्बर १० सम्म रहन्छ । यो अभियानको सुरुवात अमेरिकाबाट सुरु भएको हो । संयुक्त राष्ट्रसंघले महिलामाथी भएका हिंसाको घटनाहरुलाई महिलाको मानव अधिकारसंग जोडेर विश्वभरी महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो ।’

अहिलेसम्म १ सय ४० मुलुकहरूमा यो अभियानको रुपमा संचालन गर्ने गरिएको छ । नेपालमा पनि लगभग १० बर्षदेखि महिला हिंसा विरुद्धको अभियान कार्यकालिक रुपमा राज्यले सम्बोधन गर्न थालेको छ तर अभियानकै रुपमा भन्ने राज्यले संचालन गर्न सकेको छैन ।

अभियान अन्तर्गत मंसिर २१ गते भएको कार्यक्रममा तीन जना प्रदेश सरकारका माननीय र दुई जना संघीय सभाका माननीयहरु उपस्थित हुनुहुन्थ्यो । यो कार्यक्रममा ४५ जना सहभागीहरु हुनुहुन्थ्यो । सबै सहभागीहरुले आफ्नो अनुभवहरु छोटकरीमा कार्यक्रममा प्रष्ट पार्नुभएको थियो । पहिलेको तुलनामा अहिले महिलाहरुको अवस्थामा सुधार आएको देखिन्छ । तर सुरक्षाको हिसाबले भने सुरक्षित अवस्था अझै छैन । संघीय संसदको सदस्य, स्थानीय तहको महिलाहरू पनि सुरक्षित हुनुहुन्न ।

त्यसैगरी सामाजिक अभियान्ताहरु पनि सुरक्षित हुनुहुन्न । एउटा घरभित्र नै छोरी, बुहारी, आमा एवं उमेरले जेष्ठ नागरिक पनि सुरक्षित हुनुहुन्न । सडकदेखि लिएर संसदसम्म कोहि पनि सुरक्षित अवस्थामा हुनुहुन्न । हाम्रो देशको कानुन चाहिँ बलियो बन्दैछ । तर अझै पनि ती बनाइएको कानुनको कार्यान्वयनको अवस्था भने फितलो नै छ । त्यसका लागि महिला हिंसाका अभियानहरु सञ्चालन गर्नुपर्ने देखिन्छ ।

ओझा भन्नुहुन्छ,‘महिलामाथी हिंसा दिनानुदिन बढी हुनुमा मुख्य कारण पितृसत्ता हो । यो कारणले महिलालाई दोस्रो दर्जामा राखेको देखिन्छ । महिलाको स्थान, मान, सम्मान र भुमिकालाई पुरुषकोमा घर परिवारको निजि सम्पत्तिसंग जोडिएको छ । महिलालाई र महिलाले लगाउने लत्ताकपडादेखि लिएर गरगहनालाई पनि मनोरञ्जनको बिषयको रुपमा समाजले प्रयोग गर्नेगर्छ । त्यो नै सबैभन्दा ठुलो समस्या हो ।’ उहाँ भन्नुहुन्छ,‘धार्मिक हिसाबले, सांस्कृतिक हिसाबले पनि यो कुराहरु संरक्षण भएका छन् ।

गित संगित पनि महिलालाई अपमान गर्ने खालकै छन् । यी विविध कुराहरुले गर्दा महिला हिंसा अन्त्य हुनुको सट्टामा बढी रहेको देख्न सकिन्छ । त्यसैकारण हामिले मानी रहेको धर्म, संस्कृति र संस्कारका राम्रा कुराहरू अंगालेर नकारात्मक र अन्धविश्वास जन्य कुराहरूलाई परिवर्तन गर्दै समाजलाई अघि बढाउन पर्ने देखिन्छ ।’

समाज र सरकारको भूमिका

महिला हिंसा र बिभेद रोक्न अहिलेको परिप्रेक्षमा राज्यमा बनेका कानुनहरु कार्यान्वयनको गर्नको लागि बनेका तीन वटा संरचनाहरु स्थानीय तह, प्रदेश र केन्द्रिय प्रणीय सरकारले आफ्नो दलका संरचनासंग जोडेर सबै दलका नेता कार्यकर्ताहरुलाई महिला हिंसा विरुद्ध उभिनुको लागि, आवाज उठाउनुको लागि सक्रिय बनाउनुपर्छ ।

यी तीन तहले नै संयुक्त रुपमा सानासाना संजालहरुको निर्माण गरेर महिला हिंसा विरुद्धका अभियानहरु संचालन गरेर सबैभन्दा पहिले चेतना अभिबृद्दी गर्नुपर्छ । यस्ता महिला हिंसासंग सम्बन्धि कुराहरु राज्यले सम्बोधन गर्न नसक्दा कानुन फितलो बनेको छ । त्यसैले यस्ता महिला हिंसा र अधिकारको कुरालाई राज्य तहबाट सम्बोधन गर्न सकेमा महिला बिभेदको अन्त्य हुन सक्ने ओझाको भनाई छ ।

कानुनले अहिलेको र पहिलेको तुलनामा हिसाबमा धेरै अधिकार दिएको छ । तर पनि हाम्रो पितृसत्तात्मक समाजको संरचना भित्र महिलाले पाएका अधिकारहरु जस्तो अंशको अधिकार, नागरिकताको अधिकारको महिलाले समुचित प्रयोग गर्न पाएको छैन । छोरिले अंश पाउने अधिकार बने पनि घर परिवार र पारिवारिक संरचना भित्र छोरीलाई अंश दिने कुरा अहिले पनि जटिल छ ।

सम्पत्तिसंग जोडिएपछी पारिवारिक कलह हुने, छोरीलाई बहिष्कार गरेर एक्लो बनाउने परिस्थिति यथावत् नै छन् । छोरिको इज्जत, मान र भुमिका अझै पनि गौण नै छ । आफ्नै घरमा अंश, वंश र नागरिकताको हक छोरीलाई दिने कुरामा आफै प्रतिबद्ध भएर लाग्नु पर्दछ ।

महिला हिंसा र बलात्कार बढिरहँदा पनि राज्य संबेदनसिल भएर लागेको देखिंदैन । यसको लागि महत्त्वपूर्ण कुरा नै राज्यले संबेदनसिल भएर लाग्नु हो । महिलाका हक हितका लागि धेरै कानुनको निर्माण त भएको छ तर त्यो कार्यान्वयन गर्ने कुरामा राज्यले संबेदनशिलता देखाएको छैन । महिला एवं अहिले बालबालिकामाथी पनि यौनहिंसा भएका खबरहरु बढीरहेको छ ।

यो बलात्कारको कुरा निकै नै संबेदनसिल मुद्धा हो । यस्ता बिषयमा चाहिँ राज्यले ठाडो उजुरीबाट, अदालत जाने प्रणालीको बिकास गराउनु पर्छ । बलात्कार गर्ने अपराधीलाई मृत्युुदण्डको सजाय दिनुपर्छ । यस्तो सजाय भयो भने चाहिँ यस्ता घटनाहरु न्यूनीकरण हुन्छ जस्तो लाग्छ । त्यसको साथसाथै कानुन प्राप्त गर्ने कुरा र महिला हिंसाका बारेमा जनचेतनामूलक अभियानको रुपमा गाउँ गाउँमा पुग्न सक्नुपर्छ ।

यो अभियानमा राज्यका तिनै तहमा कार्यरत न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिका पदाधिकारीहरु पनि सम्मेलित हुन प्रतिबद्धता जनाएर अभियानमा सरिक हुनुपर्छ ।

तुलनात्मक रुपमा हिंसा

हिंसाको कुरा गर्दा महिला मात्रै नभएर पुरुष पनि हिंसामा परेको देख्न सकिन्छ । तर तुलनात्मक हिसाबले पुरुषको तुलनामा महिला हिंसा बढी भएको देखिन्छ । जे भए पनि हिंसा दुबैलाई हुनु राम्रो होइन । त्यसको लागि आ–आफ्नो अधिकार समझदारी पुर्वक पालना गर्ने बाताबरण बन्नुपर्छ ।

अहिले पहिलो अवस्थामा वैदेशिक रोजगारसंग सम्बन्धित लिएर केहि केही हिंसाहरु पुरुषलाई पनि भएको देखिन्छ । तर महिला हिंसाबाट महिला प्रताडित छन् । हरेक महिलाले आफ्नो जीवनमा हिंसा तीन पटन ब्यहोर्नुपर्छ भन्ने कुरा अनुसन्धानले देखाएको छ । त्यही सँगसँगै जोडिएर किशोरीहरु चाहिँ हिंसामा परेका छन् । यो निकै निन्दनीय कुरा हो ।

हिंसा न्यूनिकरण गर्न अबको बाटो

ओझाका अनुसार नयाँ पुस्ताहरुले हिंसाका बारेमा चासो राखेर जनचेतनामूलक अभियानमा लाग्नुपर्छ । हरेक क्षेत्र जस्तैः बिद्यालयका पुस्तकहरुमा महिला हिंसाबारे लेख्ने र सचेत बनाउने गरी काम गर्न आवश्यक छ । यसको लागि अभियान संचालन गर्नु आवश्यक छ । महिला हिंसा रोकथामका लागि बनेका कानुनदेखि पहिलेको तुलनात्मक हिसाबले कानुनहरु धेरै नै बनेका छन् । अर्को कुरा यस्ता अभियानहरुमा स्थानीय जनप्रतिनिधिहरु, समाजका अगुवाहरुको साथ नदेख्दा खेरी दिक्क लागेर आउँछ ।

कार्यालयत्मक हिंसा र विद्यालयमा हुने हिंसा अहिलेसम्म सम्बोधन हुन सकेको छैन । यसका लागि प्राथमिकताको आधार तय गरि कार्यक्रम गर्नुपर्छ । बिद्यालयमा हुने हिंसाबारे शिक्षकले र विद्यार्थीले बुझे पछीको समाज समुन्नत समाज बनाउन प्रभावकारी भुमिका खेल्न सक्छ ।

[sidebar name="button post"]