समिता श्रेष्ठ
धेरैले भन्छन् सपना पुरा हुँदैन । सपना केवल कल्पना मात्रै हो । आफूले चाहेको र सोंचेको जीन्दगी हुँदैन । अनि देखेका सपना पनि पूरा हुँदैनन् । तर सरोज श्रेष्ठ जसले सपनालाई पछ्याउनुभयो, अहिले पनि जीन्दगी त्यहि गतिमा दौडिरहेको छ ।
संगितमा भविष्य खोज्दै
आफ्नो बाल्यकालदेखिकै रुचि र चाहना अनुसार श्रेष्ठ अगाडी बढ्नुभएको छ । २०५४ सालमा काठमाण्डौको गोकर्णमा जन्मेका उहाँ बाल्यकालमा चन्चले हुनुहुन्थ्यो । उहाँको परिवारमा अहिले उहाँ र आमा हुनुहुन्छ । श्रेष्ठले आफ्नो माध्यमिक शिक्षा सहयोग उच्च माध्यमिक विद्यालयबाट गर्नु भएको हो । उच्च माध्यमिक तह जया मल्टिपल कलेजबाट गर्नुभयो । उहाँले अहिले म्युजिक सिक्दै र सिकाउँदै हुनुहुन्छ । आफ्नो भविष्य संगितमा देखेका उहाँ ड कृर्पा ब्याण्डमा बाँसुरी बादकको रुपमा काम गर्नुहुन्छ ।
बाजासँगको साइनो
श्रेष्ठले कक्षा ११ पढ्दै गर्दा नै म्युजिक टिचरको रुपमा स्कुलहरु होलि एन्जल्स पब्लिक स्कुल र ग्रीनतारा इन्टरनेशनल स्कुलमा काम गर्न थाल्नुभयो । स्कुलहरुमा उहाँले बाँसुरी र मादल सिकाउनु हुन्छ । आफ्नै नेवारी संस्कृती र संगीतको बाजागाजाबाट उहाँले आफ्नो संगितको यात्रा अगाडि बढाउनु भएको हो । उहाँको रुचि र संगीतमा लाग्ने चाहनालाई परिवारको समेत साथ र हौसला रह्यो ।
उहाँले सुरुमा मौलिक बाजा : धिमे, तबला, ढोलक, बाँसुरी, हार्मोनियम जस्ता बाजा बजाउने गर्नुहुन्छ । नेवारी समुदाय र संस्कृतिबाटै बाजागाजा सिक्नुभएको उहाँले अहिले विभिन्न सांस्कृतिक कार्यक्रमका लागि आफ्नो समुदायमा सिकाउनु पनि हुन्छ । श्रेष्ठले आफ्नो रुचि अनुसार नै आफ्नै क्षेत्रमा नछेत्र ब्याण्ड को स्थापना गर्नुभयो ।
यो ब्याण्डबाट विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति देखाउन थाल्नुभयो । बिस्तारै धेरै ब्याण्डसंग जोडिएर काम गर्दै आफ्नो संगित यात्रामा अगाडि बढ्दै ड कृर्पा ब्याण्डमा जोडिनुभयो ।
ब्याण्ड नै परिवार जस्तो लाग्छ
विभिन्न ब्याण्डमा काम गर्दै जाने क्रममा फेसबुक मार्फत् उहाँ अहिलेको कृर्पा ब्याण्डका साथीहरूसंग जोडिनु पुग्नुभयो । फेसबुक गु्ररुप बनाएर कुराकानीसँगै भेटघाट हुन गयो । अनि ड कृर्पा ब्याण्डको स्थापना भयो । उहाँको ब्याण्डमा ४ जना ब्याण्ड मेम्बर हुनुहुन्छ । जसमा दुई जना गोकर्ण र दुई जना भक्तपुरबाट हुनुहुन्छ । ‘ब्याण्डमा जसमा Vocal, guitar, percussion / flute छ,‘श्रेष्ठ भन्नुहुन्छ मेरा लागि ब्याण्ड नै परिवार हो ।’
गुरु नगेन्द्र बिक्रम राई संग अहिले पनि उहाँको सिकाई निरन्तर छ । कृर्पा ब्याण्डसंग जोडिएर उहाँले धेरै ठाउँहरु जस्तै लुम्बिनी, बुटवल, भैरहवा, भक्तपुर, ललितपुर लगाएतका ठाउँमा कार्यक्रम गरि सक्नुभएको छ ।
संगितमा जम्दै
श्रेष्ठ जसले सपनालाई पछ्याएर अगाडी बढ्दै हुनुहुन्छ । अनि संगितमा जम्दै हुनुहुन्छ । ब्याण्ड मै आवद्ध भए पछि संगितमा लागेका अरु धेरै व्यक्तित्वसँग उहाँको भेटभाट भयो । यो भेटघाट, परिचय र भलाकुसारीले अझ अगाडी बढाउन सहयोग पुगेको छ ।
‘ब्याण्डबाट अहिले धेरै राम्रो भएको छ, नयाँ तथा पुराना सबै प्रकारका गितहरुको कभर भइसकेको छ’ उहाँले भन्नुभयो,‘धेरै टेलिभिजन प्रोग्रामहरुमा पनि आफ्नो प्रस्तुति देखाउने अवसर पाएको छु ।’ आफुले चाहेको र साेंचेको कुरा हर कोहीले पूरा गर्नु सक्दैन । आफ्नो सफलता पछाडी परिवार र साथीहरूको साथ र हौसला रहेको उहाँ भन्नुहुन्छ । आफ्नो सपना, चाहना र लक्ष्य पनि यहि संगीत क्षेत्रमा नै रहेको र यहि क्षेत्रमा नै लागिरहने इच्छा छ ।’










