परोपकारमा माधव प्रसाद कुईकेल : निःशुल्क एम्बुलेन्स सेवाका लागि सहयोग जुटाउन नेपालभर साइकल यात्रामा

समिता श्रेष्ठ

माधव प्रसाद कुईकेल परोपकारको काममा जुट्नुभएको छ । ‘एक थुकी सुकी, हजार थुकीनदी’ भनेजस्तै उहाँ एक÷एकबाट हजार अनि हजार हजारबाट लाख जुटाउने अभियानमा हुनुहुन्छ । निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उदेश्यले कुईकेल नेपालभर साइकल यात्रा गरि सबै सहयोगी मनसँग सहयोग संकलन गर्दै हिड्नु भएको छ ।

सहयोग जुटाउन अभियान

उमेरले ५५ बर्ष पुग्नु भएका कुईकेलको एउटा सपना छ, बिरामी भैहालेमा सबैले निःशुल्क एम्बुलेन्स सेवा पाउन सकुन । त्यसको लागि सहज त छैन तर जग निमार्ण आफैंलेले गर्नुपर्छ भन्ने उद्देश्यले १ लाख मानिस भेट्ने र एउटा एम्बुलेन्स खरिद गरि निःशुल्क एम्बुलेन्स सेवा बिस्तार गर्ने उहाँको लक्ष्य रहेको छ ।

त्यसैको लागि उहाँ सिन्धुपाल्चोक,काठमाण्डौ,ललितपुर,भक्तपुर लगायत विभिन्न जिल्लामा जाँदै मान्छेहरुसँग भेट्दै यो अभियानबारे जानकारी गराउने र साथ सहयोग माग्दै हुनुहुन्छ ।

सिन्धुपाल्चोकको इन्द्रावती वडा नम्बर ४ नवलपुरका कुईकेलले एसएलसीसम्म अध्ययन गर्नुभएको छ । उहाँले देवघाटमा बसेर संस्कृत अध्ययन गर्नु भएको हो ।उहाँको बाल्यकाल सामान्य पारिवारिक वातावरणमा र खेतिपातीमा नै बित्यो । उहाँको बाल्यकालदेखिको रुची समाज सेवामा थियो । अहिले उहाँ कागेश्वरी नगरपालिका भद्रबास वडानम्बर ३ मा बस्दै आउनु भएको छ ।

उहाँ भन्नुहुन्छ,‘बाल्यकालदेखि कै रुची समाज सेवा थियो तर समाज सेवा कसरी गर्ने ? के गरे समाज सेवा हुन्छ भन्ने अलमल थियो । गुरु डाक्टर रामानन्द गिरीको प्रेरणाबाट निःशुल्क एम्बुलेन्स सेवा सबैले पाउन सकुन भन्ने उद्देश्यका साथ दिनको एक रुपैयाँ दान गर्नुस् भनि हिडिँरहेको छु ।’

तीस वर्ष अगाडि देखि अहिलेसम्मको संघर्ष

तीस वर्ष अगाडि कुईकेल कामको खोजिमा हुनुहुन्थ्यो । एक जना भाई रामहरि कुईकेल गुरु डाक्टर रामानन्द गिरीले खोल्नु भएको महेश सन्यास आश्रममा पढ्न जान्थे । यो आश्रम देवघाटधाम चितवनमा छ । त्यहाँ भान्सामा खाना बनाउने कामदारको खोजी भैरहेको रहेछ । भाईले माधव प्रसादलाई गुरुकोमा कामको लागि आउने भए आउनु भनेर बोलाएको उहाँ सम्झनुहुन्छ । कुईकेल कामका लागि जानुभयो ।

‘मैले गुरुको भान्सामा खाना बनाउने सौभाग्य पाएँ। १० बर्ष गुरुकोमा काम गरें। त्यसपछि मेरा बाबाको निधन भयो अनि घर फर्कें।अहिले मेरा गुरुको पनि निधन भैसक्यो । त्यो आश्रम उहाँका अन्य चेलाहरुले सन्चालन गर्दै छन् । जीवन जिउने क्रममा के गरु के गरु भन्ने आफैंलाई लाग्यो । कहिले सन्यास नै लिउँकी जस्तै पनि भएको थियो । मेरो गुरुले नि सन्यास लिएर नै विद्यालय संचालन गर्नु भएको थियो । तर सन्यास लिनु भन्दा सामाजिक काम गर्नु उचित लाग्यो ।’

उहाँको गाउँ इन्द्रावतीमा एक जना बिरामी भए ।उहाँको आर्थिक अवस्थानिकै कमजोर थियो । उपचारको लागि हस्पिटल लैजान एम्बुलेन्स बोलाइयो । उपचारको लागि खर्च पनि नभएको बेला एम्बुलेन्सले नै चार हजार रुपैयाँ लियो । यस्ता धेरै घटनाहरु देख्दै र भोग्दै अनि सुन्दै आउनु भएका उहाँले एम्बुलेन्स मात्रै निःशुल्क संचालन गर्न सकियो भने पनि धेरै राहत पुग्ने बुझ्नु भयो ।

तर एम्बुलेन्स खरिद गर्न पैसा थिएन । उहाँ भन्नुहुन्छ,‘म एक्लैले गरेर नसके पनि म जस्ता धेरै मिलेर कोशिस गरेको खण्डमा सफल हुन्छ भन्ने आशा बोकेर २०७६ साल कार्तिक ७ गते इन्द्रावती गाउँपालिकाको प्रांगणबाट साईकल उद्धघाटन गरेर निस्कें ।त्यसपछि लकडाउन भएर अभियान केही समयको लागि रोकियो । फेरि अभियानलाई लिएर यहि मंसिर २९ गतेदेखि लगातार हिडिँरहेको छु ।

यो अभियान इन्द्रावती गाउँपालिकाको १० नम्बर वडाबाट सुरु गरेर काठमाण्डौको कागेश्वरी मनोहर नगरपालिका, गोकर्णेश्वर नगरपालिकाको केही भेग, भक्तपुर,ललितपुर पुगेको छ ।’ यस अभियानमा कुईकेललाई घर परिवारको साथ रहेको छ । घरका ८ जना सदस्य नै सकारात्मक हुनुहुन्छ । घरको सबै जिम्मेवारी छोराले आफ्नो काँधमा लिएको हुनाले निर्धक्कका साथ यहि अभियानलाई लिएर हिँडेको उहाँ बताउनुहुन्छ । खाली हात जन्मेका हामी खाली हात नै जाने प्रकृतिको नियम हो । मरेर लाने हामिले केही होइन ।

जीवनमा आफ्ना लागि मात्रै होईन, समाज र राष्ट्रको लागि पनि केहि गर्नुपर्छ भन्ने सोंच बिकास गुरुले गर्नुभएको थियो। अहिले त्यो कामलाग्यो । गुरुले हजारौंलाई संस्कृत ज्ञानदिएर अब्बल बनाउनु भएको छ । त्यहीउहाँले गर्नुभएकोकामबाट प्रेरित भएर सामुदायिक सेवा मार्फत निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने उद्देश्य बोकेर लागेको कुईकेलको भनाई छ । आफ्नो इच्छाबाट सकेको साथ र सहयोगको हातको लागि सबैलाई अनुरोध गर्दै यो अभियानको यात्रालाई अगाडि बढाउँदै लगेको उहाँ बताउनुहुन्छ ।

७७ जिल्लामा नै निःशुल्क एम्बुलेन्स थालनी गर्ने इच्छा

अहिलेको मेरो उद्देश्य एउटा निःशुल्क एम्बुलेन्स सुचारु गर्ने रहेको छ । त्यसपछि ७७ वटा जिल्लामा निःशुल्क एम्बुलेन्सको थालनी गर्ने उहाँको इच्छा रहेको छ । ‘हरेक बिरामीले निःशुल्क एम्बुलेन्स पाउन सकुन भन्ने एकमात्र सपना छ । यो अभियान मैले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबाट सुरुवात गरेको हो तर यो एम्बुलेन्स मैंले लिएपछि काठमाण्डौलाई केन्द्रबिन्दु बनाएर उद्घाट नगर्ने उद्देश्य छ । किनभने ७७ वटा जिल्लाका मान्छे नै काठमाण्डौमा बसोबास गर्छन् । त्यसपछि जहाँबाट बोलाएपनि सेवादिन सके जतिलाई सेवा दिन्छौं ।’

यो योजना पूरा गर्न दाताहरुको सहयोगको आवश्यकता छ । एउटा एम्बुलेन्सको लागियो सामुदायिक भएको हुनाले १५ लाख रुपैयाँ सम्मकोलाई कर नलाग्ने सुनेको छु । कर छुट हुँदा १२ देखि १५ लाखमा एउटा एम्बुलेन्स खरिद गर्न सकिन्छ। हालसम्मको यात्राको क्रममा भेटिनु भएका महानु भावहरुले तपाईं सफल हुनुहुन्छ भनेर हौसला प्रदान गर्नु भएको उहाँको भनाई छ ।

अहिलेसम्म दुई हजारसँग भेट : पाँचलाख संकलन

कुईकेल भन्नुहुन्छ, ‘अहिलेसम्म २ हजार अभियानमा साथ दिनुहुने मानिसहरुसँग भेटे । त्यसबाट मैले ५ लाखजति सहयोग संकलन गरिसकेको छु । मेरो लक्ष्य भनेको १ लाख मानिसलाई भेट्ने रहेको छ । एक लाख मानिस भेटेर निःशुल्क एम्बुलेन्स सेवा सुचारु गर्ने उद्देश्य अनुरुप हिडिरहेको छु । पक्कै पनि एक लाख मानिस ५÷६ महिनामा भेट्न सक्छु होला जस्तो लागिरहेको छ ।

एक जना मान्छे भेटेर एक जनाले एक सय रुपैयाँ मात्रै दिनु भयो भनेपनि एक करोड रुपैयाँ हुन्छ । त्यसबाट एम्बुलेन्स खरिद गरेर अक्षयकोष जम्मा गरेर स्टाफ राखेर संचालन गर्न सक्छु । पछि सके ७७ वटै जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा सुचारु होस् भन्ने लक्ष्य हो ।’

अभियानका क्रममा भोगाई

यो अभियानमा हिडि रहंदा भोक भोकै धेरै हिँडे । आजसम्म यो यात्रामा अभियानलाई सकारात्मक रुपमा हेर्ने ७० प्रतिशत र नकारात्मक रुपमा हेर्ने ३० प्रतिशत भेटेको छु । अभियान सफल हुन्छ भने आश अझै बढेको छ । पुर्व कानुनमन्त्री शेरबहादुर तामाङले पनि केही गर्न सक्ने पहल खोजीग र्ने जानकारी दिनुभएको छ । विभिन्न वडाका वडा अध्यक्षले पनिस कारात्मक कुरा गर्नुभएको छ ।

भद्रबासमा निवासी समाजसेवी हरिशरण ढकालले पनि यस अभियानमा भ्याएसम्म साथदिने बचन दिनुभएको छ । यो अभियानमा साथ र सहयोगको हात अगाडि बढाएर निःशुल्क एम्बुलेन्स सेवा सुचारु गर्ने सहयोग अभियानमा जुटिदिनु हुन सबैमा अनुरोध गर्न चाहन्छु । तपाईंको सानो सहयोगले आर्थिक अभावको कारण एम्बुलेन्स चढ्न नसकेकाहरुले चढ्ने सक्ने वातावरण निर्माण हुनेछ ।

अभियानबारे थप बुझ्न र सहयोग गर्न इच्छुकले ९८०८८३४१९० र ९८६०६३७१४२ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

[sidebar name="button post"]