सरोज कार्की
हरेक वर्ष अष्टमीको दिन गुठि मिलेर वर्षा र सहकालका देवता मानिने असनको सेतो मच्छिन्द्रनाथको मुर्ति नुहाईदिने चलन छ। यहाँका स्थानीय साथै मन्दिरको पुजारी नबिन साक्य भन्नुहुन्छ ,” यो चलन पुर्खा देखिनै चलि आएको चलन हो। यसरी १ वर्ष सम्म राखिएको मुर्ति फुटेको , फोहोर र खुइलेको हुन सक्छ। यस कारण हरेक वर्ष यहाँको गुठि मिलेर अष्टमीको दिन सांझ मुर्तिलाई नुहाई दिने चलन छ।

साथै फुटेर वा चर्केको छ भने टालेर , यस मच्छिन्द्रनाथको मुर्तिलाई रंग लगाएर पुर्णिमाको दिन चोखो लुगा लगाई पुजा गरेर फेरी मन्दिर भित्र बिराजमान गरिन्छ र राति होम बस्ने गरिन्छ। यस मन्दिरमा हरेक महिना मन्दिरको पुजा र सरसफाई गर्नको लागि गुठिबाट २ पुजारी चुनिने गरिन्छ । त्यस्तै त्यस अष्टमीको दिन जो पुजारीको पालो छ , उही २ जना पुजारी मिलेर मुर्ति पखाल्ने र रंग लगाउने गर्नु पर्दछ।

साथै चोखो जस्तै ” दिनहु नुहाउने , खाना आफैंले पकाउने र एक छाक खाने , मुर्ति नुहाउने र रंग लगाउने समयमा कसैले छुन नहुने ” जस्ता चोखो बिधि अपनाएर हरेक वर्ष मुर्ति र मन्दिरको सरसफाई गरिन्छ। मुर्तिमा रंग लगाउन एक चित्रकार बोलाइन्छ र पुजारी बाहेक अन्य ब्यक्तिले छुन नहुने भएकाले चित्रकारले पुजारीलाई टाढैबाट रंग लगाउन सिकाउने गरिन्छ ।

यसबर्ष पुजारी दीपंकर साक्य र प्रेम रत्न साक्यले सेतो मच्छिन्द्रनाथको मुर्तिमा नुहाउने रंग लागाउने काम गरिरहनु भएको छ। उहाँहरुलाई रंग लगाउन चित्रकार नरेन्द्र चित्रकारले सहयोग गरिरहनुभएको छ। आफ्नो परम्परालाई जोघाउन सक्षम भएकोमा गर्व लाग्ने उहाँहरुले कागेश्वोरी खबरसंगको कुराकानीमा बताउनु भयो । पुजारी दीपंकर साक्य भन्नुहुन्छ ,’यसरी पुर्खादेखि चलि आएको चलनलाई बचाई राख्न पाउँदा धेरै नै खुसि लाग्छ।’











