Ad #144479

२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु छ अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट टे«जरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकका अनुसार टे«जरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो । कूल रु चार अर्बको टे«जरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्बको टे«जरी बिल भने ३६४ दिने अवधिको रहेको छ ।

सो बिल २०७८ मंसिर २८ गते परिपक्व हुनेछ । बैंकले यसअघि मङ्सिर २२ गते रु १७ अर्ब २६ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।