सुनको मूल्य फेरि घट्यो, तोलामा कति पुग्यो ?

२४ मंसिर, काठमाडौं । पछिल्लो केहिदिन देखि नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ भने आज ७ सयले घटेको छ ।

नेपाली बजारमा बुधबार सुनको मुल्य ह्वात्तै घटेको छ । मंगलबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएकोछापावाल सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९२ हजार ९५० रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पाि घटेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाले घटेर १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]