कोरोना बिमा ३ दिनभित्र भुक्तानी गर्न समितिलाई निर्देशन

१८ मंसिर, काठमाडौं । सरकारले कोरोना बिमा तत्काल भुक्तानी गर्न बिमा समितिलाई निर्देशन दिएको छ । यसअघि ७ दिनभित्र कोरोना बिमा भुक्तानी गर्नु भन्ने निर्देशन पालना नभएका बेला अर्थ मन्त्रालयले बिमा समितिलाई फेरि ३ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको हो ।

अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नहुनुको कारण खुलाउन र तत्काल जवाफ पठाउन पनि भनेको छ । अर्थ मन्त्रालयले कोरोना बिमा भुक्तानीको समस्या समाधानका लागि समितिबाट भइरहेका प्रयासबारे यतार्थ जानकारी दिन पनि भनेको छ ।

अझै १३ हजार भन्दा धेरैको कोरोना बिमाको रकम भुक्तानी हुन बाँकी छ । बिमा कम्पनीले भुक्तानी नगर्दा पछिल्लो समय उपभोक्ता मारमा परेका छन् भने बिमा कम्पनीप्रति आक्रोशित भएका छन् ।

[sidebar name="button post"]