१५ मंसिर, काठमाडौं । सरकारले अर्को हप्तादेखि भारतका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको हो ।
१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्को निर्णय छ ।
अब नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्ययन निकायसँग उडानसम्बन्धी नियम बनाएपछि उडान सुचारु हुनेछ । चैत ११ यता नेपाल–भारत उडान रोकिएपछि यताबाट जाने र उताबाट आउनुपर्ने लाखौं यात्रु प्रभावित भएका छन् । मन्त्रिपरिषद्को नयाँ निर्णयपछि नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुमति दिनुपर्छ ।
[sidebar name="button post"]











