Ad #144479

८ मंसिर, काठमाडौं । नेपाल आयल निगमले सुदुरपश्चिम प्रदेशमा इन्धन भण्डारको प्रक्रिया शुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, निगमका निर्देशक सुरेन्द्र पौडेलले कैलाली पुगेर इन्धन भण्डारणका लागि जग्गा हेरेका हुन् ।

इन्धन भण्डारणका लागि शिवशक्ति महिला सामुदायिक वन उपभोक्ता समूहको मातहतमा रहेको क्षेत्रमा जग्गा हेरेर प्रक्रिया अगाडी बढाइएको निगमले जनाएको छ ।

अहिले थोरै मात्रै इन्धन भण्डारणका लागि ठाउँ हुँदा बाहिरबाट ल्याएर हाल्नुपर्ने बाध्यता छ । अब ९० प्रतिशत भण्डारण सुदुरपश्चिममा नै हुने गरी प्रक्रिया अगाडी बढाइएको निगमले जनाएको छ ।