प्रतितोला १ लाख पाँच सय पुग्याे सुनको मूल्य

पाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपाैयाँले बढेर एक लाख पाँच सय रुपाैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला एक लाख तीन सय रुपाैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपाैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय रुपाैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० रुपाैयाँले बढेर एक हजार चार सय रुपाैयाँ पुगेको महासङ्घले जनाएको छ।

[sidebar name="button post"]